पर्वत/नेपाली काँग्रेस साबिक तिलाहार गाविसका पूर्व पार्टी सभापति एवम् समाजसेवी सुबेदार खडक बहादुर केसीको बुधवार विहान निधन भएको छ । ७२ बर्षका केसीको उपचारका क्रममा मणिपाल शिक्षण हस्पिटल पोखरामा निधन भएको हो । उनी उच्च रत्तचाप र मघुमेहका विरामी थिए ।
उनको पार्थिक शरिरमा नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति नवराज गुरुङ, नेपाली काँग्रेसका युवा नेता एवं नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान, नेपाली कांग्रेस पर्वतका सचिव अशोक उचै ठकुरी, नेपाली काँग्रेसकी महासमिति सदस्य मिना केसी, नेपाली काँग्रेसका जिल्ला सदस्य कुलप्रसाद उपाध्याय, क्षेत्रिय सदस्य महेश शर्मा,नेपाली काँग्रेस पर्वतका पूर्व कोषाध्याक्ष कृष्ण गौडेल र स्थानीय नेता दिपेन्द्रजंग लामिछानेले पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।
केसीका एक छोरा र ४ छोरी छन् । उनको बुधवारनै स्थानीय घाटमा अन्त्यष्टी गरिएको छ ।






