पर्वत/नपेली कांग्रेसकी नेतृ एबं प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उहाँको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्रमा केहिबेरअघि निधन भएको हो ।
अघिल्लो आइतवार मुटुको ३ वटा भल्बमा समस्या भएपछि मुटुको शल्यक्रिया गरिएको थियो । मुटुमा समस्या देखिएको पछि प्रतिनिधिसभाको नयाँ नक्सा निशान छापमा समावेश गर्ने सम्बन्धी बैठकमा छन्त्याल सहभागि हुन पाउनु भएको थिएन ।
अल्पसंख्यक समुदाय ( छन्त्याल ) बाट नेपाली काँग्रेसका तर्फबाट समानुपातिक कोटामा उहाँ सांसद बन्नु भएको हो । २०७० सालको संविधान सभा निर्वाचनमा उहाँ बागलुङ ३ बाट प्रत्यक्ष निर्वाचित हुनु भएको थियो । सांसद छन्त्यालको निधनमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला लगाएतका नेताहरुले दुख व्यक्त गर्नुभएको छ ।






