पर्वत/मोदीवेणीमा रहेको मोदीवेणी जेष्ठ नागरिक आश्रमलाई गण्डकी विकास वैंक कुश्मा शाखाले १६ थान पलङ र १६ थान विस्तारा सहयोग गरेको छ । गण्डकी विकास वैंक कुश्मा शाखाका शाखा प्रवन्धक केशव आचार्यले मोदीवेणी दिव्य धामका उपाध्यक्ष खुमराज पराजुलीलाई हालैमात्र उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
सहयोग सामग्री हस्तान्तरण गर्दै शाखा प्रवन्धक आचार्यले जेष्ठ नागरिक राज्यका महत्वपूर्ण सम्पत्ति भएको वताउँदै उहाँहरूको सम्मानपूर्ण बाँच्न पाउने अधिकारको ग्यारेन्टी राज्यले गर्नुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा धामका उपाध्यक्ष खुमराज पराजुलीले जेष्ठ नागरिकलाई घर र समाजले उपेक्षा गरेको अवस्थामा गण्डकी विकास वैंकले गरेको सहयोग अनुकरणीय रहेको भन्दै वैंकको प्रशंसा गर्नुभएको थियो । उपाध्यक्ष पराजुलीले यस्तो सहयोग अन्य दाताहरूले पनि गरे जेष्ठ नागरिकलाई आत्मसम्मान बढ्ने दाबी गर्नुभयो ।






