पर्वत/कुश्मा नगरपालिकाले सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने ऋणीप्रति कडाइ गर्ने संकेत गरेको छ। नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाका सञ्चालक तथा सरोकारवालासँग बुधबार आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा ऋण असुली प्रभावकारी बनाउन विभिन्न उपायबारे छलफल गरिएको हो।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रतिनिधिहरुले सहकारीको रकम फिर्ता नगर्ने ऋणीका कारण समग्र...
पर्वत/जिल्लाको विहादी गाउँपालिकाले कोदोबाट बनेको लोक्कल मदिरालाई ब्रान्डिङ गर्र्दैछ । गाउँपालिका मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत कोदोबाट बनेको रक्सीलाई ब्रान्डिङ गर्ने भएको हो । बसाईसराईका कारण खेतबारी बाँझो हुने र कोदोको उत्पादन घट्दै जाँदा गाउँपालिकाले कोदोको उत्पादन बढाउँदै स्थानीबासीको आर्थिक श्रोत पहिचानका लागि कोदोको मदिरालाई ब्रान्डिङ गर्न लागेको हो ।
गाउँपालिकाका...
पर्वत/ जिल्लाको मोदी गाउँपालिकाले हालै सार्वजनिक एसईई परीक्षामा ‘नन ग्रेड’ मा परेका विद्यार्थीलाई निःशुल्क रूपमा परीक्षाको तयारी गराउने भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्माका अनुसार २०८२ को परीक्षामा सहभागी भई श्रेणीविहीन भएका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको हो । गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरूबाट एसइईमा...
पर्वत/ जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ ।
महालेखापरीक्षकको कार्यालयमार्फत सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को एकीकृत वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको आय तथा व्ययतर्फ कुल...
पर्वत/ पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेर शुभारम्भ गरे ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम...
पर्वत / ब्लकबस्टर निर्देशक सरोज पौडेल को बहुप्रतिक्षित चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कबाट चलचित्रको औपचारिक छायांकन थालिएको हो ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा विजय बराल, अञ्जना बराइली तथा विनोद न्यौपाने लगायत कलाकारहरूको अभिनय रहनेछ । निर्देशक...
पर्वत/ नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताएका छन्। नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले पार्टीलाई एकताबद्ध र मजबुत बनाउने उद्देश्य आफूहरू क्रियाशील रहेको बताए।
पूर्वकार्यवाहक सभापति खड्काले पार्टी विभाजनको अवस्थामा गएको भन्दै यसलाई...
पर्वत/महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेड वृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजालाई ध्यानमा राखेर गाउँपालिकाले पूर्ण आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बरालले बताए ।...
पर्वत/ जिल्लाका मत्स्यपालक कृषकलाई माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शतप्रतिशत अनुदानमा पर्वतका ५७ जना कृषकलाई एक लाख २३ हजार माछाका भुरा विवरण गरेको हो ।
व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न कृषकको पोखरीमा पुगेर माछा विवरण गरेको कार्यालयका पशु स्वास्थ्य...
पर्वत/सोमबार साँझ प्रकाशन भएको एसइई–२०८२ को नतिजा अनुसार पर्वतका ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार साधारण धारतर्फ ६६.७७ प्रतिशत र प्राविधिक धारतर्फका ८७.५० प्रतिशत गरी समष्टिगत रूपमा ६७.२६ प्रतिशत विद्यार्थीहरूले ‘ग्रेड’ प्राप्त गरेका छन् ।
इकाई प्रमुख चपाइका...








