Tuesday, May 12, 2026

Uncategorized

पर्वत / जिल्लाको बिहादी गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) र पालिका गान निर्माण गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अनुसार गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, पर्यटकीय, सामाजिक, धार्मिक, सांस्कृतिक लगायतका पहिचानलाई संस्थागत गर्नका लागि चिन्ह र गान बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले...
असारे विकासलाई निरुत्साहित गरी समयमै योजना सम्पन्न र बजेट खर्च गर्नका लागि योजना सम्झौतामा कडाई गरिएको छ । पर्वतको विहादी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता गरेको हो । गाउँपालिकाले सुचना जारी गर्दै उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरु तत्काल सम्झौता गर्न आग्रह गरेको...
पर्वत/निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका छ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो । बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये जो अनुभवी छ, तिनैलाई मतदाता शिक्षाका लागि स्वयंसेवक...
पर्वत/पाठेघरको मुखको क्यान्सर बिरुद्ध यसबर्ष पनि एचपीभी खोप कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले यही २७ देखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको हो । जनस्वास्थ्य कार्यालयले वुधवार सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सरोकारवाला निकायहरुसंग अभिमुखीकरण कार्यक्रम गरेर अभियानको बारेमा जानकारी दिएको...
पर्वत/नेपाली कांग्रेसका तर्फबाट पर्वतमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहनुभएका अर्जुनप्रसाद जोशीले चुनावी मैदानमा मतदाताहरूसँग अन्तिपटकका लागि भनेर भोट माग्नुभएको छ । पर्वतेली जनताका नाममा सोमबार अपिल गर्दै उम्मेदवार जोशीले यसपछिका कुनैपनि निर्वाचनमा आफ्ना लागि भोट नमाग्ने भन्दै यसपटक र अन्तिम पटक आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । चुनाव...
पर्वत/प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । राजनीतिक दलहरु र उम्मेदवार चुनावी मैदानमा उत्रिसकेका छन् । निर्वाचन आयोग र सरकार चुनावको सघन तयारीमा छ । मतदानको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौतीलाई हेरी मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा प्रबन्धको तयारी भएको छ । पर्वतका झन्डै आधा...
पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गएको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ केन्द्रीत बनेका छन् । मतदातासँग भेटघाट गर्ने, आफ्ना विचार, सिद्धान्त र कार्ययोजना सुनाउनाले र मतप्रभावित पार्ने काममा उम्मेदवार सक्रिय बनेका छन् । जिल्लामा १३ वटा राजनीतिक दलका उम्मेदवार...
पर्वत/लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा तथा ‘डायलायसिस’बापतको तीन करोड रुपैयाँ बढी रकम भुक्तानी लिन नसक्दा...
पर्वत /यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ। यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ। जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु २० करोडका सुन्तला निर्यात भएको छभने मल्लाजको पूर्णगाउँ, रातमाटा,...
पर्वत / फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँ सरेका छन्। आर्थिक वर्ष विसं २०८१/८२ मा पाँच सय २५ जना बसाइँसराइ गरेका हुन्। नगरका विभिन्न वडावाट एक सय ५३ घरपरिवारका पाँच सय २५ जना बसाइँसराइ गरेको नगरपालिकाका पञ्जीकाधिकारी अधिकृत ऋषिराम शर्माले बताए। उक्त अवधिमा ३३ जना नगरमा...