Wednesday, July 1, 2026

Uncategorized

पर्वत/लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आज बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए। उनले बिहानदेखि नदीको सतहदेखि...
पर्वत /सञ्चालनमा आएको ३५वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ ।सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ शैयाबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० श्ययाको अस्पतालको रूपमा स्तरोन्नति भएको छ । तर स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापन...
पर्वत /नागरिकलाई सर्वसुलभ रूपमा औषधि उपलब्ध गराउन पैयूँ गाउँपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको पैयूँ आधारभूत अस्पतालमा साउन ११ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा सुरु गरिएको हो । फार्मेसी सञ्चालनमा आएसँगै अब स्थानीयवासीले जटिल खालका औषधि किन्न अन्य बाह्य बजार धाउनु नपर्ने भएको छ ।...
पर्वत/ उत्तर दक्षिण जोड्ने निर्माणधिन राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गादेखि  काभ्रेभिर सम्मको सडक खण्डमा एक दर्जनभन्दा धेरै स्थानहरुमा पहिरोको जोखिम छ । कालिगण्डकी कोरिडोर सडक आयोजनाले पर्वत खण्डमा दुईवटा र म्याग्दी खण्डमा १४ वटा ठुला पहिराको पहिचान गरी यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ । वर्षातका समयमा सडक...
पर्वत/सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ। धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी संकलन तेब्बरले वृद्धि भएको छ। धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका-१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी...
पर्वत/फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँमा सञ्चालित भवानी विद्यापीठ माध्यमिक विद्यालयको रु. १० लाख भन्दा बढी रकम एक शिक्षकले किर्ते गरेर हिनामिना गरेको खुलासा भएको छ । विद्यालयमा अध्यापनरत आइटि शिक्षक लक्ष्मी ढवालले रकम हिनामिना गरेका हुन् । उनले विद्यालयका प्रधानाध्यापक र लेखापालको समेत हस्ताक्षर किर्ते गरी रु.१० लाख...
पर्वत/वरीपरी हरियाली घाँस, बिचमा कालोपत्रे चिटिक्क परेको बलेवा विमानस्थल । हेर्दा अन्य स्थानको आन्तरिक विमानस्थल भन्दा कम छैन । कालोपत्रे भएको पनि साढे तीन वर्ष भै सक्यो, कालोपत्रे गरेको ठाउँमा घाँसका मुनाहरु पलाउन लागि सकेका छन् । विमानस्थलमा जोड्नुपर्ने सवै उपकरणहरु पनि जोडिएका छन तर वरीपरि लगाइएका तारजालीमा विस्तारै...
पर्वत/मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति जनाएको छ । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र मातहतका कार्यालयमा कार्यरत सेवा करारका कर्मचारीका साथै स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने व्यहोराको सुचना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको...
पर्वत / भारी वर्षापछि आएको पहिरोले पर्वतमा घरसंगै २ जना पुरिएका छन् । पर्वत प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका– ३ लाङदीका छविलाल बिकको घर माथिबाट आएको पहिरोले पुरिएको हो । आइतबार बिहान ४ बजेतिर १५ मिटरजति माथिबाट आएको पहिरोले घर पुर्दा ७८ वर्षका छविलाल र उनकी श्रीमती विष्णुमति बेपत्ता भएकाे...
पर्वत / पटक पटक विद्युत सोवाा अवरुद्ध हुँदा पर्वतसहित आसपासका जिल्लाबासी हैरान भएका छन् । दैनिक दर्जनौँ पटकसम्म अचानक बिजुली आउने र पूर्व सूचनाविनै आकस्मिक रूपमा बिजुली काटिँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । विभिन्न विद्युतीय उपकरणहरूमा असर परिरहेको भन्दै उपभोक्ताले आक्रोश पोख्ने गरेका छन् । पटक पटक बिजुली काटिँदा...

This will close in 0 seconds