पर्वत/ पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदीमाथि अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी पाँचौँ पुल बन्न लागेको हो ।
कुश्माबजारस्थित वडा नं ५ मा रहेको आनन्द गुम्बादेखि बागलुङ नगरपालिका–१४ नारायणस्थानको कुकुरगाढे जोड्नका लागि ४१५ मिटर लामो पुल निर्माण...
पर्वत/कुनै समय ग्रामीण गाउँबस्तीमा उज्यालोको सहारा बनेका पर्वतका ११ लघु जलविद्युत आयोजनाहरु बर्षौदेखि अलपत्र अवस्थामा छन् । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारो बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका ती जलविद्युत् आयोजनावारे नत स्थानीय नागरिक नत राज्यका निकाय कसैलाई कुनै चासो छैन ।
साढे दुई दशक अघिदेखि...
बलेवा, बागलुङ /'मानवतालाई जिवित राखौं ' भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पैयुँपाटा उपशाखाले रेडक्रसको ६३ औं स्थापना दिवस मनाएको छ । बागलुङ नगरपालिका वडा नं. १०,११,१२,१३ र १४ मा रहेका माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि पैयुँपाटा उप-शाखाले उक्त दिवस मनाएको हो ।
'नेपाल रेडक्रसको सन्दर्भमा युवा सर्कलको...
पर्वत/जिल्लाको बिहादी गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि कृषकहरूलाई अनुदान दिने भएको छ। स्थानीय जातका गाईको संरक्षण, हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन र उन्नत जातका गाईभैँसी खरिदका लागि १० लाख २५ हजार रुपैयाँ अनुदान दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले बताए।
गाउँपालिकाले पशु विकास शाखाको आर्थिक वर्ष २०८२।८३ को स्वीकृत...
पर्वत/आर्थिक वर्ष २०८१/०८२ मा पर्वत जिल्लाबाट राहदानी निकाल्नेहरूको सङ्ख्या नागरिकताको प्रमाण पत्र लिनेहरूको सङ्ख्याभन्दा झण्डो दोब्बर प्रतिशतले बढी रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा सार्वजनिक गरिएको गत आर्थिक वर्षको १२ महिनाको तथ्याङ्क अनुसार वंशजको आधारमा नयाँ नागरिकताको प्रमाणपत्र लिनेहरूको सङ्ख्या दुई हजार नौ सय ७२ रहेको छ। उक्त...
पर्वत / आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई बिभिन्न रोगहरु बिरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार एक वर्षको अवधिमा जिल्लाका सात वटा स्थानीय तहका ७४ हजार ६२६ पशुलाई तीन प्रकारका खोपहरु...
पर्वत /राष्ट्रिय परिचयपत्र बनाउने विवरण दर्तामा सेवाग्राहीहरूको भीड निकै बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानमा पनि कार्यालय खुलाएर सेवा दिन सुरु गरेको छ।
दिउँसो कार्यालय खुलेको समयमा सेवाग्राहीहरूको चाप निकै बढ्दा सेवाग्राहीहरूले लामो समय पर्खिनुपरेको, सेवाग्राहीको भिड बढेको तथा कर्मचारीहरूलाई पनि कामको दबाब बढेपछि मङ्गलबारदेखि बिहान साढे सात बजेदेखि नै...
पर्वत/ विद्यालय शिक्षा विधेयकमा समावेश हुनुपर्ने प्रावधान तथा अन्य व्यवस्थाका विषयमा आन्दोलनरत शिक्षकहरूले आइतबार हरेक जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना दिएका छन्। नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले पुनः थालेका हुन्। गत गाउँपालिका तथा नगरपालिकाको कार्यालयमा धर्नामा बसेर प्रमुख प्रशासकीय...
पर्वत/सदरमुकाम बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवकको अवस्था अज्ञात छ। रघुगङ्गा गाउँपालिका- २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत कुमार र बेनीको एक व्यावसायिक फार्ममा...
पर्वत /चालु आर्थिक वर्ष २०८२/८३ मा पर्यटन पूर्वाधारका एक सय ११ वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञ्चालित पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सात वटै पालिकामा रहेका धार्मिक तथा पर्यटकीय स्थलमा रु. चार करोड ११ लाख बजेटका पूर्वाधार निर्माण गर्ने भएको हो ।
जिल्लामा...









