पर्वत/लोमान्थाङ-२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म रु. एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व संकलन गरेको छ । गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले यहाँको कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो । यो नाका भदौ...
पर्वत/मुस्ताङबाट यसबर्ष ३६ करोडभन्दा बढीको भेडा च्याङ्ग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङको लो–घेकर, लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्रसहितका किसानले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको भेडाच्याङ्ग्राबाट ३६ करोड ५० लाखको कारोबार भएको छ ।
यसवर्ष मुस्ताङका कृषकले ६ सय ७५ भेडा, ७ हजार २ सय १...
पर्वत/लगातारको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा आठ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका छन् । विगत ३ दिन देखी लगातार वर्षा भैरहेकोमा ठानामौला खाल्टेमा ८ वटा घर गोठ भत्किएका हुन् । हाल सम्म चित्र वहादुर गूरुङ, भद्रविर गूरुङ र हुकमत गूरुङ,...
पर्वत/पातीचौर-देउपुर-लप्सीबोट-भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन्। २०५८ मा उक्त मार्ग खोलिएको हो। त्यसयता बर्सेनि पहिरो जाँदा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको थियो।
कुनै पनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन्। मोदी गाउँपालिका १, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन्।
देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको...
पर्वत/संघीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै सातादेखि आफ्नै भवनबाट सञ्चालन गरिएको हो ।
महाशिला–३ र वडा नं ५ को सिमाना काफल डाँडामा बनेको सुविधा सम्पन्न भवनवाट...
पर्वत /जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी) हुनेको सङ्ख्या शून्य बनाइएको हो ।
जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले आर्थिक वर्ष २०८१–८२ मा जलजलामा एक...
पर्वत/अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको छ । कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी...
पर्वत/जिल्लाको सदरमुकाम कुश्मा बजारमा भदौ २४ गते भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा तोडफोड र आगजनीका घटना भएका छन्।
आन्दोलनकै क्रममा सार्वजनिक सम्पत्ति तथा सर्वसाधारणमा त्रास सिर्जना गर्ने गतिविधि भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतले आम नागरिकसँग सहयोग गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा सामाजिक...
पर्वत /नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको बेलामा पर्वतको जनजीवन पनि सामान्य बनेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले पछिल्ला केही दिनयता दैनिकजसो कर्फयू र निषेधाज्ञाको सूचना जारी गर्ने गरेकोमा त्यो क्रम समेत रोकिएको छ । बिहानदेखि बेलुकासम्म निषेधाज्ञा जारी गरेर सडकमा दुई जना भन्दा...
पर्वत/ जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न १४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्वत सहित भगाएको भन्दै १ महिला सहित १४ जना व्यक्तिहरुलाई...









