Wednesday, July 1, 2026

Uncategorized

पर्वत/कुश्मा नगरपालिका–५ गुम्बाको डिल र बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थान जोड्ने गरी ४१५ मिटर लामो झोलुङ्गे पुल बनाउन शुरु भएको छ। झोलुङ्गे पुलको जिल्लाको रूपमा बागलुङ जिल्ला चिनिए पनि लामा र नदीको सतहबाट अग्ला दूरीमा रहेका झोलुङ्गे पुल हेर्न पर्वत भित्रिने पर्यटकको सङ्ख्या बढ्दो छ। ती झोलुङ्गे पुलमा ‘मोटरसाइकल’ चलाएर वारपार...
पर्वत/ कृषिजन्य वस्तुको कारोबारबाट ६५ करोड ३० लाख बढी भित्र्याएको कृषि ज्ञान केन्द्र पर्वतको तथ्याङ्क छ । मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१/८२ मा सो परिमाणको कारोबार भएको हो। कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार आलु, धान, अलैँची, तरकारीबाली, मकै र सुन्तलाजात फलफूलको...
पर्वत /दीपावली पर्वको अवसरमा पर्वत कुश्मास्थित बान्द्रेबिडीचौरमा नेपालको चर्चित ब्याण्ड ‘दी एक्स’ ले साङ्गीतिक धमाका प्रस्तुत गरेको छ ।  पर्वत कुश्माका केही स्थानीय युवाहरूको संस्था ‘शिवालय युवा विकास मञ्च’ले चाडबाडको सन्दर्भ पारेर भव्य लाइभ कन्सर्ट आयोजना गरेको हो । युवाहरु माझ निकै चर्चित रहेको ‘दी एक्सको कुश्मामा यो पहिलो...
पर्वत / पछिल्ला केही दिनयता बिरामीहरूको चाप बढ्दै गएपछि प्रदेश अस्पताल पर्वतमा बिरामीहरूलाई आकस्मिक कक्षमै राखेर उपचार गर्नुपर्ने भएको छ। उपचारमा आएका बिरामीहरूलाई भर्ना गरेर राख्नुपर्दा बहिरङ्ग विभागका विभिन्न ‘वार्ड’ मा भर्ना गरेर उपचार गर्ने गरिएको छ। तर पछिल्ला केही दिनयता ‘जनरल वार्ड’ का शय्याहरू बिरामीले भरिएपछि भर्ना गरेर राख्नुपर्ने...
पर्वत/कुस्मा र बाग्लुङको बलेवा बीचमा रहेको कालीगण्डकी खोचमा हाइलाइनको अभ्यास गरिएको छ। हाल जर्मनी बस्दै आएका धनकुटा हिलेका शंकर कोइरालाले आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रुपमा यो कार्यक्रम गरेका हुन् । कोइराला १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएका छन्। बन्जीलगायत एड्भेन्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको...
पर्वत/आगामी कार्तिक १ गते कुश्मामा द एक्स सांगीतिक समूहको प्रस्तुती हुने भएको छ । पर्वतको सदरमुकाम कुश्मा स्थित शिवालय युवा विकास मञ्चले दशै तथा तिहारको अवसरमा भव्य लाइभ कन्सर्ट आयोजना गर्ने भएको हो। स्थानीय संस्कृति, कला र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागेको मञ्चका अध्यक्ष सविधान गिरीले...
पर्वत/ कुश्मा घुम्न आएका अष्ट्रेलियन पर्यटकको पासपोर्टसहितको झोला खोसेर बाँदर वेपत्ता भएपछि पर्वत प्रहरीलाई तनाव भएको छ । बस्तीहरुमा पसेर आतंक मच्चाउने  बाँदरको यो हर्कतले पर्यटन क्षेत्रमा समेत आतङ्क सिर्जना गरेको छ । पर्वतको बन्जी जम्प नजिकबाट गाडीको छतमा रहेको पासपोर्टसहितको झोला बाँदरले लिएर भिरतिर भागेको ती पर्यटकले बताएका छन्...
पर्वत/नेपाली काँग्रेस पर्वतले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट क्षति भएको पार्टी कार्यालय पुनर्निर्माण गर्न शुरू गरेको छ । नेपाली काँग्रेसले क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि लोकतान्त्रिक उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष शिव शर्मा पौडेलको संयोजकत्वमा नयाँ समिति बनाएर पुनर्निर्माण थालेको शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो...
पर्वत/अविरल वर्षाका कारण जनजीवन प्रभावित भएपछि सरकारले आइतवार र सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर बिदा दिने निर्णय भएको जानकारी...
बागलुङ /अरु समयमा सुनसान हुने गाउँमा दशैँमा रमाइलो हुन्छ। रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरू दशैँमा फर्कने चलन हुन्छ। तर बागलुङका केही ग्रामीण क्षेत्र दशैँमा पनि सुनसान छन्। बढ्दो बसाइँसराइँ र विदेश पलायनका कारण दशैँमा गाउँ सुनसान भएका हुन्। खासगरी जिल्लाको काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रबाट बसाइँसराइ...

This will close in 0 seconds