Wednesday, July 1, 2026

Uncategorized

पर्वत/नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते कुश्मामा मोटरसाइकल ¥याली गर्ने भएको छ । कुश्मा नगर कमिटिको बुधवार सम्पन्न बैठकले यस्ता निर्णय गरेको हो । नगर कमिटिका अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको सचिव जीतबहादुर विकले जानकारी दिनुभयो । एमालेले देशभरै पछिल्लो राजनैतिक घटनाक्रम पछि...
पर्वत/उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको । बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उनको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लागेका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित छन् । यसअघि उनी कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका...
पर्वत/नेपाल पत्रकार महासंघ पर्वत र पर्वत युवा सञ्जालबीच समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन र त्यपछि विकसित विभिन्न घटनाक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा पर्वत जिल्लाको विकास र समृद्धिका लागि के कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा गहन छलफल गरिएको छ...
पर्वत/गत कात्तिक ११ देखि १४ गतेसम्म भएको बेमौसमी वर्षा र हावाहुरीले क्षति गरेपछि पर्वतका कृषकहरूले केही राहतको माग गरेका छन् । भित्राउने अवस्थामा पुगिसकेको, कतै काटेर खेतमा सुकाएको तथा कहीँ काट्ने तयारी अवस्थामा रहेको धान बालीमा क्षति भएपछि नेपाल किसान महासङ्घमा आबद्ध कृषकहरूले कृषि ज्ञान केन्द्र पर्वतमार्फत सकेसम्मको राहत...
पर्वत/मध्पयहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा-बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताए । “सहज र निर्बाध रूपले...
पर्वत/ जिल्ला गठित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो सातौँ अधिवेशन र २१ औँ वार्षिक साधारण सभा नजिकिँदै गर्दा सात दिनसम्म चल्ने विविध कार्यक्रम सार्वजनिक गरेको छ। कुश्मामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले अधिवेशनको तयारीसहितका सम्पूर्ण कार्यक्रमको रूपरेखा सार्वजनिक गरेको हो। कार्यक्रमको जानकारी दिंदै अध्यक्ष पशुपति कार्कीले प्रतिष्ठानले यही...
पर्वत/प्रतिकूल मौसम र अविरल वर्षाका कारण धान बालीमा ठूलो क्षति पुगेपछि दक्षिण पर्वतका दुई स्थानीय तह बिहादी र पैयूँ गाउँपालिकाले प्रभावित कृषकहरूको वास्तविक अवस्था संकलन गरी राहत दिने प्रक्रिया सुरु गरेका छन्। बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङको अध्यक्षतामा बसेको गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले कात्तिक ११ गतेदेखि परेको असिनापानी र...
मानव सेवा आश्रम बागलुङद्धारा यहि कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञलाई सफल बनाउन पर्वतमा पनि सचिवालय गठन गरिएको छ । पर्वतमा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसीको संयोजकत्वमा जिल्ला स्थित जनप्रतिनिधिहरु, समाजसेवी, धार्मिक व्यक्तित्व, पत्रकार लगायतका सहभागितामा सचिवालय गठन गरिएको...
पर्वत/जिल्लाको सदरमुकाम कुश्मालाई मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकखण्डमा निर्माण व्यवसायीको लापरवाहीका कारण अहिले सडक प्रयोग गर्नै कठिन भएको छ । वैकल्पिक मार्गका रूपमा पोखरा–बागलुङ राजमार्गलाई प्रतिस्थापन गर्ने यो सडकमा दैनिक सयौं सवारीसाधन गुड्ने गर्छन्, तर मर्मत र व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम समेत बढेको छ । सिल्मी–ठूलीपोखरी सडकखण्डका पोखरी घुम्ती, लौकेको...
पर्वत/ भित्र्याउने वेलाको धान खेतीलाई सोमवारको हावा र मङ्गलवारको वर्षाले प्रभावित पारेपछि पर्वतका कृषक चिन्तामा परेका छन्। जिल्लाका अधिकांश ठाउँमा लगाइएको धान बाली करिब पाक्ने अवस्थामा पुगेको छ। कतिपय ठाउँमा धान काट्ने वेला भए पनि तिहारपछि काट्ने गरी कृषकहरू चाडबाड मनाउन व्यस्त थिए। मङ्गलवारको वर्षाले कतिपय ठाउँमा काटेर सुकाइएको...

This will close in 0 seconds