पर्वत /नेकपा एमाले पर्वतले आगामी मंसीर २७ गते हुने पाटिको राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाएको छ । एमाले जिल्ला सचिव सुवासचन्द्र पौडेलका अनुसार प्रतिनिधि चयनका लागि आगामी मंसीर १० गते मनोनयन दर्ता हुनेछ । मंसीर १३ गते मतदान हुने उक्त छनौट प्रक्रियाको लागि मंसीर ३ गते नामावली प्रकाशन गरिएको छ ।
मंसीर ७ गते अन्तिम नामावली प्रकाशन गरी एमालेले निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ । पाटिको एघारौं महाधिवेशनका लागि पर्वतबाट विभिन्न क्षेत्रका गरि १३ जना प्रतिनिधिहरु सहभागी हुदैछन ।






