Tuesday, June 30, 2026

Uncategorized

पर्वत/कुश्मा नगरपालिका वडा ९ कटुवाचौपारीस्थित साईकलचोकमा सञ्चालित एक डेरी उद्योगमा मंगलवार आगालागी भएको छ । स्थानीय पाटेश्वरी डेरी उद्योगमा दुध तताउने क्रममा एक्कासी ग्याँस पड्किँदा झण्डै एक करोड बराबरको क्षति भएको हो । सुरुमा ग्याँस लिक भएको र तत्कालै पड्किदा ठुलो क्षति भएको हो । आगलागीवाट डेरी उद्योगमा रहेको...
पर्वत/अस्पताल तथा डायग्रोस्टिक ल्याबहरुमा प्रयोग हुने पूर्ण स्वचालित प्रयोगशाला मेसिन प्रदेश अस्पताल कुश्मालाई प्रदान गरिएको छ । पर्वत जेसीजको पहलमा प्रदेश अस्पताल कुश्मा पर्वतलाई करिव १६ लाख बराबरको पूर्ण स्वचालित प्रयोगशाला मेसिन (CA-200 Automatic Chemistry Analyzer) प्रदान गरिएको हो । उक्त मेसिनले रगतको बायोकेमिकल परीक्षण गर्ने गर्दछ । मानिसको रगतमा...
पर्वत/फागुन २१ को निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेको नेपाली काँग्रेस पर्वतले निर्वाचन परिणामको प्रारम्भिक समीक्षा गरेको छ । समीक्षामा बोल्ने अधिकांश वक्ताहरूले मतदाताले आफूहरूलाई वचन दिएर पनि मत अर्कैलाई दिएको वताएका थिए । यसपालि मतदाताले नै झुक्काएको काँग्रेसको निष्कर्ष थियो । विगतका निर्वाचनमा नेताहरूको असन्तुष्टी,  उम्मेदवारप्रतिको आक्रोश र  अन्तर्घात हुने...
पर्वत/पर्वतबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसका उम्ेमदवार अर्जुनप्रसाद जोशी र एमाले उम्मेदवार पदम गिरीले जिल्ला निर्वाचन कार्यालयलाई खर्चबिबरण बुझाएका हुन् । काँग्रेस उम्मेदवार जोशीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भएको कुल २७ लाख...
पर्वत/जिल्लामा सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएको देव–नारायण अक्षय कोष प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सव भव्यतासाथ सम्पन्न गरेको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा क्रियाशील व्यक्तिहरुलाई सहभागी गराइ संस्थाको गतिविधिबारे जानकारी गराएको थियो । कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित भएका छन् । जिल्लामा रही...
पर्वत /निर्वाचनमा आफ्ना उम्मेदवार पराजित भएपनि हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्ने सबै मतदातालाई नेपाली काँग्रेस पर्वतले धन्यवाद व्यक्त गरेको छ । नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले वुधवार जारी गरेको धन्यवाद सन्देशमा प्रत्यक्षतर्फका उम्मेदवार अर्जुनप्रसाद जोशी तथा समानुपातिकतर्फ पार्टीलाई आफ्नो अमूल्य मत प्रदान गर्ने...
पर्वत / जिल्लाको कुश्मा नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिवर’ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि सतर्कताका लागि आह्वान गरिएको छ । कुश्मा नगरपालिका–८ चुवामा रहेको एक बङ्गुर फार्ममा रहेका सुँगुर/बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिवर’ सँग मिल्दोजुल्दो लक्षण देखिएको र त्यहाँ रहेका ४६ वटा सुँगुर/बङ्गुर मरेका नगरपालिकाको पशु सेवा शाखाका प्रमुख तथा चिकित्सक...
पर्वत /गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका पर्वतका १४ जनाको जमानत जफत हुने भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा रहेको व्यवस्था अनुसारको मापदण्ड पूरा नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू बाहेक अन्य...
पर्वत /प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्वतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर भुसाल विजयी भएका छन् । उनले आफ्ना हेभिवेट प्रतिस्पर्धीलाई पराजित गर्दै २६ हजार ५ सय ६१ मतसहित जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले १५ हजार ९ सय ५४ मत प्राप्त गरेका...
पर्वत/जारी मतगणना अनुसार पर्वतमा रास्वपाका सागर भुषालले फराकिलो अग्रता कायम गरेका छन् । विहान ७ बजेसम्मको मतविवरण अनुसार भुषालले २५ हजार चारसय ४२ मत ल्याउँदा कांग्रेसका अर्जुनप्रसाद जोशीले १५ हजार ६९ मत ल्याएका छन् । यसैगरी एमालेका उमेदवार पदम गिरीले भने १४ हजार ५ सय १० मत ल्याएका छन् ।...

This will close in 0 seconds