Sunday, October 4, 2026

समाज

भाद्र,२८–पर्वत/गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री बिकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङ्गमार्ग चार वर्षभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा जनकल्याण महिला समूह पर्वतले आयोजना गरेको तीज मेलालाई उद्घाटन गर्दै मन्त्री लम्सालले पर्वत लगायत साविक धौलागिरीका...
भाद्र,२८–पर्वत/स्थानीयवासीको अवरोधका कारण चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजना पाँचदिनदेखि ठप्प भएको छ । स्थानीयवासीले आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका कारण आइतबारदेखि निर्माण कार्य रोकिएको हो । आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा स्थानीय बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका हुन् ।...
२७ भदौ, पर्वत/ भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने  तथा नारीले अटल सौभाग्य र...
बागलुङ — संस्कृत पढ्ने बाहुन जातिले मात्रै हो भन्ने मान्यताविपरीत दलित र जनजातिका बालबालिकालाई पनि भर्ना लिइएको छ । उनीहरूको रुची पनि संस्कृतिमा देखियो । यहाँको संस्कृत माद्यमिक विद्यालयमा अहिले कसैले कसैलाई जात सोध्दैन । विस्तारै यसले समाज परिवर्तनको अनुभूति गराएको छ । जैमिनी नगरपालिका ७ की जमुना नेपाली र हिमानी थापालाई संस्कृत...
काठमाडौं । छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ । साउन १० मा साथी कहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । हत्यारालाई कारबाहीको...
भाद्र २६,पर्वत/गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनतासँग कर उठाएर केन्द्र सरकारलाई बुझाउने काम गलत भएको वताउनु भएको छ । उहाँले ७० प्रशित कर केन्द्रलाई बुझाउने नीति सही नभएको दावी गर्नुभयो । गुरुङले संघीयताको कार्यान्वयनको शुरुवातमै जनता आत्तिनेगरि करको दायरा बढाउनु न्यायोचित नभएको समेत वताउनु भएको छ । करवारे जनताको...
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो । सोमबार बिहान संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो । उनीविरुद्ध परेको उजुरीमा सशस्त्र...
२५ भदौ, लिवाङ । नेपाल तरुण दलले सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा जिल्ला बन्द गरिएको हो । बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग...
२४ भदौ, जाजरकोट । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । नेता सिंहले प्रेसप्रति गरिने विभेद र नियन्त्रणविरुद्ध कांग्रेस कडारुपमा प्रस्तुत हुने चेतावनी दिए । प्रेस युनियन जाजरकोटको पाँचौ जिल्ला अधिवेशन आइतबार उदघाटन गर्दै नेता सिंहले कांग्रेस श्रमजीवी पत्रकारहरुको भावनासँग सहमत रहेको...
१० भदौ, दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताएका छन् । रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने उल्लेख गरे...