सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सबैले ध्यान दिनुपर्नेमा सांसद गिरीको जोड

असोज–२, पर्वत/जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङमा अवस्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयको ५७ औं बार्षिकोत्सव तथा भवन उद्घाटन समरोह सम्पन्न भएको छ । वि.स २०१८ सालमा स्थापना भएको विद्यालयको आज एक कार्यक्रमका विच उक्त समारोह सम्पन्न भएको हो ।

बार्षिकोत्सव तथा ४ कोठे भवनको उद्घाटन गर्दै प्रतिनिधी सभाका साँसद पदम गिरीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले पर्वतवासी जनताको अगाद माया आफुले पाएको स्मरण गदै आफुले पर्वतवासीको शिर ननिहुरनिे गरी काम गर्ने प्रतिवद्धता दोहोराउनु भयो ।

कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल रामकृष्णले जलजलावासीको आवश्यकतालाई ध्यानमा राखेर काम गरेको बताउनु भयो । उहाँले गुणस्तरिय शिक्षा आजको आवश्यकता भएको बताउँदै व्यवसायिक शिक्षामा जोड दिएको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेल, जिल्ला शिक्षा तथा समन्वय ईकाईका प्रमुख उद्धिमराज पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र कार्यक्रमको संचालन शिक्षक मुक्ति पौडेलले गर्नुभएको थियो ।