महाशिला गाउँपालिकालाई जाँडरक्सी, जुवातास र गाँजा मुक्त क्षेत्र बनाउने अभियान शुरु

असोज ७, पर्वत/जिल्लाको महाशिला गाउँपालिकालाई जाँडरक्सी, जुवातास र गाँजा मुक्त क्षेत्र बनाउने अभियान शुरु भएको छ । सभ्य समाजको निमाृण गर्ने उद्देश्यले महाशिलालाई मदिरा र जुवातास मुक्त गाउँपालिका बनाउन लागिएको हो ।

गाँजा,रक्सी, जुवातास, गर्छ यसले सर्वनास भन्ने मुलनाराका साथ गाउँमा यस्ता पदार्थ विक्रि वितरण तथा उत्पादन र सेवनमा रोक लागउन अहिले गाउँपालिका सबै टोल टोलमा जनचेतना जगाउने काम भईरहेको छ । यसै विच आज महशिला गाउँपालिका–२ भोक्सिङ जनचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडाध्याक्ष विष्णुवहादुर रानाको नेतृत्वमा साविक भोक्सिङ गाविकासका टोल टोल सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पहिलो चरणमा सबै नागरिकसम्म जनचेतना फैलाउने र नियन्त्रण भएपछि सो घोषणा गरिने अध्यक्ष रानाले जानकारी दिनुभयो । सामाजिक विकृति तथा हिंसाका घटना अन्त्य गर्नका लागि स्थानीय प्रहरी चौकी र वडा कार्यालयको संयोजनमा पूर्णरूपमा मादक पदार्थ तथा जुवा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष रानाले जानकारी दिनुभयो ।