निर्माण कम्पनीले क्षेतिपूर्ति दिने सहमतीपछि मध्यमोदीको काम सुचारु

भदौ, ३१ पर्वत/सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा घर चर्किएपछि निमार्ण कम्पनिले क्षतिपूर्ति दिने छलफलबाट निश्र्कष गरेपछि मध्यमोदी जलविद्युत् आयोजनाको निमार्ण कार्यले निरन्तरता पाउँने भएको छ । चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयका घरहरु चर्किएको भन्दै स्थानीयहरुले आन्दोलन गरेका थिए ।

मध्यमोदी जलविद्युत् आयोजनाको काम छ दिनपछि सञ्चालनमा आएको स्थानीय जीवनधर शर्माले जानकारी दिए । उनका अनुासार त्यहाँका प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न माग राख्दै गत आइतबारदेखि निर्माणकार्य ठप्प पारेका थिए । सो क्रम्मा स्थानीयले निमार्णको जिम्मा लिएको चौधरी गुपको कार्यालयमा समेत तालवन्दी गर्दै आएका थिए । निमार्ण कम्पनि र प्रभावित स्थानीयको विचमा शुक्रबार छलफल भएको छ । जनसम्पर्क अधिकृत अशोक आचार्यले भएको क्षतीका बारेमा भूगर्भविद्को टोली ल्याएर अध्ययन गर्न लगाउने बताउनुभयो ।

भूूगर्भविद्ले दिएको विवरणको आधारमा क्षतिपूर्ति आयोजनाले व्यहोर्ने र आयोजनास्थलमा निर्माण गरिएको सडकलाई आयोजनाको लागतमा स्तोन्नति गर्ने लगायतका निर्णय गरिएको आचार्यले वताउनुभयो । स्थानीयवासीले सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा सुरुङमार्गको माथि पर्ने १६ घरमा क्षति भएको भन्दै उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए । मोदी गाउँपालिका–२ देउपुरस्थित ठाना, कल्लेनी र ओख्ले प्रभावित क्षेत्रमा छन् । ती बस्तीमा ५७ घर रहेका छन् ।

भूकम्पले जस्तै गरी चर्किन थालेपछि आन्दोलनमा उत्रिनुपरेको सरोकार समितिका उपाध्यक्ष भुलबहादुर पौडेलले वताउनुभयो । वार्तामा सरोकार समितिका संयोजक खिमबहादुर खत्री र उपाध्यक्ष भुलबहादुर पौडेल, आयोजना प्रमुख निरञ्जन रावत, जनसम्पर्क अधिकृत अशोक आचार्यलगायत मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रवक्ता विमल लामिछाने र वडाध्यक्ष विकास तिमिल्सिना लगायतको सहभागिता रहेको थियो ।