कार्तिक २८,पर्वत/युरोपले गरेको विकास मोडालिटीलाई अध्ययन गरि प्रयाप्त संभावना बोकेको जलजला गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र अन्तराष्ट्रिय स्तरको लगानी भित्राउने उद्देश्य बोकेर जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ साताव्यापी भ्रमणको निम्ति युरोप प्रस्थान गर्नुभएको छ । सो भ्रमणमा उहाँकी धर्मपत्नी राधिका मल्ल पनि सहभागी हुनुहुन्छ ।
एकसाताको समयमा...
कार्तिक २८,पर्वत/कुश्मा नगरपालिका ८ चुवालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँका वडाअध्यक्षले नयाँ अभियान संचालन गरेका छन् । चुवामा रहेका विभिन्न धार्मिक स्थलहरुलाई समेटर नेपालकै अग्लो विष्णुवाटिका बनाउन थालिएको हो । उक्त विष्णु बाटिकामा १०८ पिपलका बोट र चौतारी निर्माण गर्ने, १०८ तुलसीका मठ निर्माण गर्ने र एकहजार...
कार्तिक २८,पर्वत/जिल्लाको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरुले प्रशासनमा गुहार मागेका छन । धान रोपेको ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानहरुले मुसा नियन्त्रणको लागि जिल्ला प्रशासन पर्वतमा निवेदन दिएका हुन ।
दुई सय रोपनी क्षेत्रफलमा रोपाई हुने फाँटमा धानका वाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या...
कार्तिक १६, पर्वत/सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने सूची सार्वजनिक गर्दा पर्वतका सेतीबेनीमा रहेको शालिग्राम शिला, लुँखुमा रहेको महाशिला, कुश्मामा रहेको गुप्तेश्वर गुफा प्राथमिकतामा परेका छन् । त्यस्तै दुर्लुङको क्यानोनिङ, केभिङ र होमस्टे पनि समाबेश गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...
कार्तिक १५ पर्वत /२००७ सालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं सामाजिक परिवर्तनका अभियन्ता कुनपा ४ निवासी पम्फे दमाईको ८९ बर्षको उमेरमा गएराति निधन भएको छ । दलित आन्दोलनका अगुवा भएर नेपाली काँग्रेसको सांगठानिक जीवनमा महत्वपूर्ण भूमिका खेलेका दमाईको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुख व्यक्त गरेको छ । दमाईको पार्थिव शरीरमा...
कात्तिक १४ पर्वत/ सरकारले आज र भोलि भिटामिन ‘ए’ क्याम्पसुल र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो ।
१ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधिसमेत खुवाइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि २३ महिनाका बालकालिकाहरुलाई...
कात्तिक १४ पर्वत/ महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदरनियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछिपर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् ।
गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछिअभियान सञ्चालन भएको थियो । बाँदर नियन्त्रण...
कात्तिक १४ पर्वत/ धार्मिक पर्यटनको विकासका लागि पर्वतमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । गुप्तेश्वर गुफालाई आधार बनाएर यहाँ धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सव क्षणिक नभई वर्षेनी आयोजना गर्न लागिएको हो । पर्वत जिल्लाका सबै संघसंस्थाहरुको समन्वयमा हुने महोत्सव आगामी नयाँ बर्ष देखि प्रारम्भ हुन लागेको...
कार्तिक ७ पर्वत/दसैंका बेला फ्रि क्यु भन्दै सवारी गुडाउनेविरुद्ध पर्वत ट्राफिकले कडाइ गरेपछि यो दसैंभर यात्रुले सहज यात्रा गर्न पाएका छन् । व्यवसायीले पनि दसैंको दिनमा समेत साबिककै भाडादरमा सवारी गुडाएर आवागमनमा सघाए ।
विगतमा सहज सवारी नपाउँदा गन्तव्यमा पुग्न समस्या भोग्दै आएका यात्रुले यो वर्ष भने दसैंको दिनमै समेत...
कार्तिक ७ पर्वत/ नेपाली काँग्रेस पैयु गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । विजयदशमी, दिपावली, नेपाल सम्वत् तथा छठको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले काँग्रेसमा आमुल परिर्वतनको आवश्यकता रहेको बताए । उनीहरुले काँग्रेस सच्चिएर विगतमा भएका गल्ती कमजोरीलाई सुधार गदै अगडी बढ्नुपर्नेमा जोड...









