१२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नियमित बैठक नबस्ने र पार्टीभित्र छलफल नहुने गुनासो लिएर भेट्न गएका केन्द्रीय सदस्यहरुबीच अध्यक्ष प्रचण्ड आफैंले गुनासो फर्काएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठक समेत बस्न नसकिरहेको भन्दै उनले दिक्दारी व्यक्त गरेका हुन् ।
पार्टी केन्द्रीय कमिटी बैठक माग गर्दै ८ बुँदे ज्ञापनपत्र बुझाएका २२ केन्द्रीय सदस्यहरुसँग मंगलवार भएको भेटमा प्रचण्डले बैठक बस्न नसकिरहेको भन्दै लाचारी व्यक्त गरेको एक नेताले बताए । उनका अनुसार अध्यक्ष प्रचण्ड आफैं असन्तुष्ट देखिए ।






