पुर्णेश्वर माबिले प्राविधिक शिक्षाका लागि स्वर्ण महोत्सब गर्ने

50

मंसीर २०,पर्वत/जिल्लाको अग्रणी शैक्षिक संस्था पुर्णेश्वर उच्च माबिले युग सुहाउँदो प्राविधिक शिक्षा संचालनका लागि आगामी माघ देखि एक बर्ष सम्म स्वर्ण महोत्सब गर्ने भएको छ । बिद्यालयमा प्राबिधीक शिक्षा सुरु गर्ने लक्ष्य सहित माघ १७ देखि अर्को २०७६ माघ १७ सम्म एक बर्ष बिबिध कार्यक्रम सहित स्वर्ण महोत्सब मनाउने भएको हो ।

स्वर्ण महोत्सब मुल आयोजक समितिले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार बिद्यालयले शैक्षिक प्रदेश, राष्ट्रिय र स्थानिय स्तरका बिभिन्न प्रतियोगिता, सचेतनामुलक कार्यक्रम सहित स्वर्ण महोत्सब मनाउन लागिएको हो । स्वर्ण महोत्सबमा बिभिन्न दाताहरुबाट रकम संकलन गरेर प्राबिधीक शिक्षा सुरु गर्ने योजना रहेको मुल आयोजक समितिका संयोजक गणेश शर्मा पौडेलले बताए । ‘खर्चिला र बोझिला कार्यक्रम भन्दा पनि प्रभावकारी कार्यक्रमहरु मार्फत स्वर्ण महोत्सब मनाउने लक्ष्य राखिएको छ’ महोत्सबमा बिभिन्न दाताहरुबाट सहयोग संकलन गरि सिभिल वा अन्य बिषयको इन्जिनियरीङ्ग कक्षा सुरु गर्ने र छोटो अवधीका सिपमुलक तालिम समेत सञ्चालन गरि प्राबिधीक जनशक्ति तयार गर्ने लक्ष्य राखिएको संयोजक पौडेलले बताए । स्वर्ण महोत्सबमा ५ सय देखि १० लाख सम्म चन्दा दिने सहयोगदातालाई बिभिन्न सम्मान गर्ने कार्यक्रम रहेको महोत्सब मुल आयोजक समितिका सहसंयोजक मेघनाथ सुबेदीले जानकारी दिए । महोत्सबमा १ करोड ५० लाख भन्दा बढी चन्दा संकलन गर्ने लक्ष्य आयोजकले राखेका छन ।

स्वर्ण महोत्सबमा राष्ट्रियस्तरको बक्तृत्वकला प्रतियोगिता, प्रदेशस्तरको लोकदोहोरी प्रतियोगिता तथा स्थानिय र जिल्लास्तरा पत्रकार र शिक्षक बिच भलिवल प्रतियोगिता, स्वर्ण स्तम्भ र स्वर्णद्वारको शिलन्यास गर्ने, लोकनृत्य, भलिबल, बत्तीबुनाई,रत्यौली, लठो तान्ने, खुल्ला ठेलो, ब्याडमिन्टन लगायतका कार्यक्रम बर्षभर मनाउने भएको छ । पत्रकार सम्मेलनमा बिद्यालयका प्रधानाध्यापक सरोज केसी र महोत्सब प्रचारप्रसार समितिका संयोजक गणेश पौडेलले पनि महोत्सबका बारेमा जानकारी दिएका थिए ।