असोज १६,पर्वत/ २८ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा विभिन्न कार्यक्रम भएका छन् । जेष्ठ नागरिकहरुको सम्मानका लागि जेष्ठ नागरिक संघ पर्वतले मोदीबेनी धाममा कविता बाचन कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रममा ६० वर्ष पार गरेका जेष्ठ नागरिकहरुले नै रचना वाचन गरेर सुनाएका थिए ।
जेष्ठ नागरिकहरुको समस्या,...
असोज,१५,पर्वत/लुम्लेसकास्कीरनेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले ओली सरकारका कारण लोकतन्त्र संकटमा परेको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको राष्ट्रिय बैठकलाई कास्कीको लुम्लेमा सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । नेता जोशीले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरू स्वयं...
असोज, १४,पर्वत/कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो ।
उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ...
असोज, १४,पर्वत/कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) बर्षा याम सकिएपछि पनि सुचारु हुन सकेको छैन । असोजको दोस्रो साता सम्म पनि नदीमा पानी बहाब नघटेपछि नेपाली पानी जहाज समेत भनेर चिनिने स्टिमर सेवा सुरु हुन नसकेको हो ।
वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले...
असोज, १४,पर्वत/को कुश्मा नगरपालिका वडा नं. १० पिलटारीको गहतेपोखरामा बाह्य खोप केन्द्र स्थापना गरिएको छ । स्थानीय स्वास्थ्य केन्द्र गाउँबाट केही टाढा रहेको र मुख्य बस्तीमा खोप केन्द्र नहुँदा साना बच्चा बोकेर खोपको लागि टाढा जानुपर्ने बाध्यता हटाउन केन्द्र स्थापना गरिएको हो । २ महिने बालक अमर अधिकारीलाई पोलियो...
असोज, १३ पर्वत/जलजला ४ कि बिममाया नेपालीले गाउँपालिकाबाटै नागरिकताको प्रमाणपत्र पाएकी छिन् । उनले मतदाता नामावलीमा फोटोसहितको परिचयपत्रका लागि नाम पनि त्यहीं दर्ता गराएकी छिन् । जलजलाकै सरिता परियार, पम्फा सार्की, कल्पना दर्जी र गीता दमाईलगायतका ६२ जनाले गाउँपालिका कार्यालयबाटै नागरिकता पाएका हुन्। नागरिकता नलिएकाले समेत मतदाता परिचयपत्रका लागि...
असोज, १३ पर्वत/कुश्मा नगरपालिका ७ मा तरकारी र फलफुल नर्सरी स्थापना भएको छ । कुश्मा नगरपालिकाले कृषकहरुलाई सहुलियत रुपमा तरकारी र फलफुलका विरुवा उपलब्ध गराउन नर्सरी स्थापना गरेको हो । हाल एउटा हाईटेक टनेलभित्र तरकारीका विरुवा उत्पादन भैरहेको नर्सरी २ रोपनी क्षेत्रमा फैलिएको छ । भाडामा जग्गा लिएर नर्सरी...
असोज, १३ पर्वत/दशैं तिहारमा यात्रुको सजिलोका लागि पर्वतको कुश्मामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा शिवालयचोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक...
असोज,१२,पर्वत/विश्व विख्यात पंडित चैतन्य कृष्णले पर्वतका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई नैतिक शिक्षा, धर्मको बैज्ञानिक आधार, दैनिक जीवनमा सेवन गर्ने आहारविहारका बारेमा प्रशिक्षण दिनुभएको छ । पण्डित कृष्णले पर्वतको प्रसिद्ध धाम मोदीवेणीमा उनीहरुलाई प्रशिक्षण दिनुभएको हो ।
विद्यार्थीहरुलाई घर, विद्यालय र समाजमा गर्नुपर्ने आदार, दैनिक आनीवानीमा अपानाउने अनुसाषन, रहनसहन, विद्यार्थीहरुको स्मरण शक्ति...
असोज,१२,पर्वत/जिल्लाका पर्यटन व्यवसायी र सरोकारवालाले पर्वतलाई चिनाउने हो भने कुश्माका चारवटा गुफा समेटेर सर्किट रुट आवश्यक पर्ने बताएका छन् । । ३८ औं विश्व पर्यटन दिवस मनाउन भेला भएका उनीहरुले जिल्लाको पर्यटन विकासका लागि यस्तो धारणा राखेका हुन् ।
पर्वत पर्यटन प्रवर्धन केन्द्रले कुश्मा–९ को अलपेश्वर गुफामा आयोजना गरेको अन्तरकृयाका...








