सोमलालजीले पार्टीप्रति पु¥याएको निष्ठा, त्याग र इमान्दारितालाई स्वर्ण अक्षरले लेखिने छ – काँग्रेस नेता जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले सोमलाल आचार्यको पार्टीप्रतिको निष्ठा, त्याग र शालिनतालाई पार्टीका सबै नेताहरुले अनुशरण गर्नुपर्ने वताउनु भएको छ । काँग्रेस नेता जोशीले नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सचिव स्वर्गिय सोमलाल आचार्यको १३ औं दिनको पूण्य तिथिको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतले आज आयोजना गरेको शोकसभामा बोल्दै उक्त कुरा वताउनु भएको हो । नेता जोशीले पार्टीको कठिन अवस्थामा आचार्यको घर पार्टीको आश्रयस्थलका रुपमा प्रयोग भएको स्मरण गर्दै आफू सभापति र सोमलाल सचिव हुँदाको सांगठनिक जीवन चुस्त र बढि क्रियाशील रहेको दावी गर्नुभएको थियो । ‘एउटा कठिन घडीमा पार्टी सचिवका रुपमा सोमलालजीले पु¥याएको योगदान स्वर्ण अक्षरले लेखिने छ ।’– नेता जोशीले भन्नुभयो । उहाँले सोमलाल आचार्य पद र पैसाको कहिल्यै लालायित नभएको वताउँदै उहाँले सिकाएको सांगठनिक निष्ठाको पार्टीको केन्द्रीय समितिमा समेत आफूले जानाकारी गराउने प्रतिवद्धता जनाउनु भयो ।
एक फरक प्रशंगमा बोल्दै केन्द्रीय सदस्य जोशीले पार्टीले देशैभरि शुरु गरेको जनजागरण अभियानलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । नेता जोशीले जनताका बीचमा पार्टीको छविलालाई बलियो बनाउने होभने सबैका बीचमा इमान्दार एकताको आवस्यकता रहेको समेत दावी गर्नुभयो । ‘आफूलाई मात्रै केन्द्रमा राखेर भावनात्मक एकताको कुरा गर्नु व्यर्थ हुन्छ, जनता र कार्यकर्तालाई केन्द्रमा राखेर कुरा गरौं संगठनमा कुनै समस्या आउँदैन ।’– नेता जोशीले भन्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका पूर्व पार्टी सभापति लालकाजी गुरुङले पार्टीको संस्थागत विकास र एकताको लागि गाउँदेखि शहरसम्म सबैले मिलेर अघि बढ्नुपर्ने वताउनु भयो । सांसद गुरुङले पनि सोमलाल आचार्यको सांगठनिक निष्ठाको प्रशंसा गर्दै आचार्यले पु¥याउनु भएको योगदानलाई सबै काँग्रेसजनले अनुशरण गर्नुपर्ने धारणा राख्नुभयो ।
सोही कार्यक्रममा पार्टीका पूर्व सभापति नवराज गुरुङले सोमलाल आचार्यको निधनले पार्टी र समाजलाई नै क्षति पुगेको वताउँदै आचार्यजस्ता निष्ठावान नेता समाजमा कमैमात्र जन्मने दावी गर्नुभयो । शोकसभामा नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य तथा महिला नेतृ सरस्वती गुरुङले काँग्रेसको सुदृढिकरण र एकता देशैभरि जरुरी भएको वताउँदै पार्टीले हालै शुरु गरेको पहिलो चरणको जागरण अभियानसँगै पार्टीमा नयाँपन आउने दावी गर्नुभयो । नेतृ गुरुङले सोमलाल आचार्यको पार्टीप्रतिको योगदानलाई अरु नेता तथा कार्यकर्ताहरुले पनि सिक्न आवस्यक रहेको भन्दै आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुषालको सभापतित्वमा भएको उक्त शोकसभामा प्रदेशसभा सदस्य ललितकला गुरुङ, पार्टी उपसभापति दुर्गाबहादुर खत्री, पार्टीका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), महासमिति सदस्य एवं पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य बसन्तबहादुर सिके, कुश्मा नगरपालिका उपप्रमुख सीता काफ्ले लामिछाने, पैयुँ गाउँपालिकाका उपाध्यक्ष जस्मती गुरुङ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य डा. चूडामणि शर्मा, नेपाली काँग्रेसका बरिष्ठ सल्लाहकार तथा विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष लोकनाथ आचार्य र नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले स्वर्गिय सोमलाल आचार्यको योगदानको चर्चा गर्नुभएको थियो ।
सभामा परिवारका तर्फबाट आचार्यका भाई कमलनाथ शर्माले धन्यबाद मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन पार्टी सचिव विश्वप्रकाश प्रसाईंले गर्नुभएको थियो ।