पर्वत/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेस पर्वतका युवा नेता विद्वान गुरुङले ओली सरकारको संस्थागत अपराधिकरण र ज्यादतीका विरुद्ध अब आन्दोलनको आँधीवेहरी सिर्जना गर्नुपर्ने बेला आएको वताउँदै सबै तरुणहरुलाई आन्दोलनको मोर्चामा एकवद्ध हुन निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस जलजला गाउँकार्यसमितिको आयोजनामा शनिवार जलजला–९, बनौमा आयोजित पार्टीको जागरण अभियानलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै युवा नेता गुरुङले अब ओली सरकारको आयु सकिएको दावी गर्नुभयो ।
नेता गुरुङले चुनाव अघि न्याय, सुशासन र समृद्धिको सपना बाँडेर जनताको दुईतिहाइ मत हासिल गरेको नेकपाले सत्तामा पुगेपछि देशमा भ्रष्ट्राचार, महंगी र अपराधीकरणलाई संस्थागत गरेर जनतालाई धोका दिएकाले नेकपाको ज्यादतीको भण्डाफोर गर्न काँग्रेसले देशभर जागरण अभियान संचालन गरेको जानाकारी दिनुभयो । ‘दुईतिहाई जनमत पाएको सरकारले देश बनाउँछु भन्दा हामीले पनि पत्यायौं र डेढबर्षसम्म हे¥यौं, तर यो डेढबर्षमा अन्याय, अत्याचार र भष्ट्राचारले जनता अत्तालिएकोले काँग्रेस सडकमा आउन बाध्य भयो ।’– काँग्रेस युवा नेता गुरुङले भन्नुभयो । उहाँले सरकारका कारण राष्ट्रियता र लोकतन्त्र समेत संकटमा परेकोले देशभक्त सबै जनतालाई चनाखो भएर काँग्रेसको अभियानमा समर्पित हुन आहान गर्नुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)ले संघीय सरकारले स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेर काम गर्न नदिएको वताउँदै ओली सरकार नै जनाधिकार र संघीयताको खिलापमा रहेको आरोप लगाउनु भयो । अध्यक्ष मल्लले केन्द्रीय सरकारको निर्देशनमा आफूले गतबर्ष करको दायरा बढाएको भएपनि करबाट जनताहरु मर्माहत भएकोले आगामी बर्षको बजेट, नीति तथा कार्यक्रममा करको दायरा घटाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले संविधानमै स्थानीय श्रोतसाधनमाथि स्थानीय सरकारको अधिकारको व्यवस्था भएपनि केन्द्रको अनावस्यक हस्तक्षेपले जनताको घरदैलोमा विकास र समृद्धि पु¥याउन नसकिएको दावी गर्नुभयो । अध्यक्ष मल्लले लोकतन्त्र र संघीयतालाई बलियो बनाउने होभने स्थानीय सरकारलाई अझैबढि अधिकार प्रत्यायोजन गर्नुपर्ने धारणा समेत राख्नुभएको थियो ।
सोही कार्यक्रममा नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसीले जनताको पीरमर्का बुझ्न र जनातहरुलाई जागृत गर्न काँग्रेस जनताको घरदैलोमा आएको वताउँदै काँग्रेसको जागरण अभियानमा एक्यवद्धता जनाउन सबैलाई आहन गर्नुभयो ।
नेपाली काँग्रेस बनौका सभापति होमबहादुर फकामीको सभापतित्वमा भएको उक्त कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष एवं महिला नेतृ सीमा पुन, नेपाली काँग्रेसका आमन्त्रित जिल्ला सदस्य सोम पुन, जलजला ४ का वडाअध्यक्ष भीष्म मल्ल र नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिका सदस्य हरिनारायण रेग्मी लगायतले काँग्रेसको जागरण अभियानका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेका बनौका पूर्व सभापति गम्भीर फकामीले गर्नुभएको थियोभने कार्यक्रमको संचालन नेवि संघका नेता आकाश चोचाङ्गीले गर्नुभएको नेपाल स्वास्थ्यकर्मी संघ पर्वतका सहसचिव तथा जलजला गाउँपालिकाका सल्लाहकार यम शर्मा पौडेलले जानाकारी दिनुभयो ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एकदर्जनभन्दा बढि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेसका युवा नेता तथा नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ र नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले अवीर र खादा सहित काँग्रेसको सदस्यता प्रदान गर्नुभएको थियो ।






