Thursday, October 8, 2026

समाज

पर्वत/नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोट र नेपाल प्रेस युनियन नुवाकोटले नुवाकोटमा क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संघिय सांसद बहादुरसिंह लामाको सहयोगमा प्राप्त ज्याकेट पत्रकारहरुलाई हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाललाई ट्रेड युनियन काँग्रेसका अध्यक्ष...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना भाईरस विरूद्धको अभियानमा हातेमालो गर्दै जिल्लाका सातै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लले आफ्नो व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री खरिद गरि विभिन्न स्थानीय तहका प्रमुखहरूलाई वितरण गर्नुभएको हो । अध्यक्ष मल्लले तापक्रम...
पोखरा/विश्वभरि फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९को महामारी विरुद्ध लड्न र यसबाट प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना राहत कोषमा गण्डकी क्रसर उद्योग व्यवसायी संघले आज पाँचलाख रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीको नेतृत्वमा पुगेको टोलीले मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई...
काठमाडौं/नेपाली काङ्ग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्र कमजोर बनाउन सुनियोजित रुपमा प्रेसमाथि आक्रमण भइरहेको दावी गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतबार शुभकामना दिदै काङ्ग्रेस नेता खाणले प्रेसमाथिको सरकारी नियन्त्रणको आलोचना गरे । उनले लोकतन्त्र र प्रेस स्वतन्त्रता दुबै एकअर्काका पुरक भएको बताए ।...
पर्वत/केही संचारमाध्यमले आफूविरुद्ध भ्रमपूर्ण प्रचारबाजी गरेर चरित्र हत्या गर्न खोजेको भन्दै जलजला गाउँपालिका वडा नम्बर ८ नाङलीबाङका वडाअध्यक्ष हरिविकाश जिसीले अफवाह फैलाउने पत्रकार र संचारमाध्यमकाप्रति खेद प्रकट गर्नुभएको छ । वडा अध्यक्ष जिसीले शनिवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा कसैले दिएको तथ्यहीन सूचनालाई आधार बनाएर...
बलेवा,बागलुङ/कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्युनिकरणका निम्ति राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष एवं प्रभु बैंकका संचालन दक्ष पौडेलले गृह जिल्ला बागलुङका लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । पौडेलले आफ्ना पिता स्व. भीमनाथ शर्मा पौडेलको स्मृतिमा भीमनाथ शर्मा स्मृति प्रतिष्ठान मार्फत जिल्ला चार स्थानिय तहका लागि आवश्यक स्वास्थ्य सामाग्री...
पर्बत/कोरोना भाईरस संक्रमणका कारण लोकतन्त्र दिवसको अवसरमा जिल्लामा औपचारिक कार्यक्रम भएनन् । हिजो वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा कुनै कार्यक्रम नभएपछि जनआन्दोलनमा साहदत प्राप्त शहिदहरुको सम्झना हुन सकेन् । जनआन्दोलन भाग २ मा धौलागिरीबाट ज्यान गुमाएका एकमात्र शहिद गोविन्दनाथ शर्मालाई निजि क्षेत्रले भने सम्झिएको छ । लोकतन्त्र दिवसमा...
पर्वत/चट्याङ लागेर मृत्यु भएकी पर्वतको फलेवास नगरपालिका-३ शंकरपोखरीको सातबिसेकी कल्पना भुसालको परिवारलाई राहत प्रदान गरिएको छ । बिहीबार फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा, जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ल प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, प्रशासकीय अधिकृत मुक्तिराम रिजाल लगायतको टोली कल्पनाको घरमै पुगेर जिल्ला...
काठमाडौं/नेपाली कांग्रेसले गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समिति संयोजक (छाया सरकारका सञ्चारमन्त्री) बहादुरसिंह लामाले पूर्वसचिव भीम उपाध्यायलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ । छाया सञ्चारमन्त्री लामाले पूर्वसचिव उपाध्यायको पक्राउ संविधानको मर्म र भावनाविपरीत रहेकोभन्दै विनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले...
पर्वत/जलजला गाउँपालिकाले जिल्लामा पहिलोपटक आफ्ना नागरिकको वास्तविक अवस्था पत्ता लगाउन व्यक्तिगत सर्वेक्षणका लागि गुगल फारम तयार पारेको छ । यो फारम विश्वका जुनसुकै ठाउँबाट पनि भर्न सकिने गाउँपालिकाले जनाएको छ । हरेक विपत्तिमा राहत तथा पुनर्स्थापना लगायत नागरिकको अवस्था सर्वेक्षणका लागि यो फारम निकै प्रभावकारी हुने जलजला...