पर्वत/चट्याङ लागेर मृत्यु भएकी पर्वतको फलेवास नगरपालिका-३ शंकरपोखरीको सातबिसेकी कल्पना भुसालको परिवारलाई राहत प्रदान गरिएको छ । बिहीबार फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा, जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, जिल्ल प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, प्रशासकीय अधिकृत मुक्तिराम रिजाल लगायतको टोली कल्पनाको घरमै पुगेर जिल्ला दैविप्रकोप उद्धार समितिको तर्फबाट १ लाख तथा फलेवास नगरपालिकाको तर्फबाट ५० हजार रुपैयाँ गरी १ लाख ५० हजार रुपैयाँ श्रीमान् यज्ञप्रसाद भुसाललाई हस्तान्तरण गरेको हो ।
गत वैशाख ७ गते घरभन्दा केही तल रहेको गोठभित्र रहेको गोठमा बाख्रा बाँध्दै गरेको अवस्थामा चट्याङ लागेर ३० बर्सिया कमलाको मृत्यु भएको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी भुसालको उपचारका लागि पर्वत अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनका एक छोरा, एक छोरी र श्रीमान् रहेका छन् ।






