पर्बत/कोरोना भाईरस संक्रमणका कारण लोकतन्त्र दिवसको अवसरमा जिल्लामा औपचारिक कार्यक्रम भएनन् । हिजो वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा कुनै कार्यक्रम नभएपछि जनआन्दोलनमा साहदत प्राप्त शहिदहरुको सम्झना हुन सकेन् । जनआन्दोलन भाग २ मा धौलागिरीबाट ज्यान गुमाएका एकमात्र शहिद गोविन्दनाथ शर्मालाई निजि क्षेत्रले भने सम्झिएको छ । लोकतन्त्र दिवसमा कसैले स्मरण नगरेपनि उनले सहादत प्राप्त गरेको दिनको स्मरणमा पर्वत उद्योग बाणिज्य संघले भने शहिद शर्मालाई स्मरण गरेको छ । संघका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहनुभएका गोविन्दनाथ शर्माको स्मृति दिवसको अवसरमा श्रद्दाञ्जली अर्पण कार्यक्रम गरेको हो । स्मृति दिवसको अवसरमा सदरमुकाम कुश्माको लोकतान्त्रिक चोकमा रहेको शहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गरिएको थियो । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा र शहिदका भाई देव शर्मा पौडेलले माल्यार्पण गर्नुभएको हो ।
शहिद शर्मालाई जनआन्दोलनका क्रममा २०६३ वैशाख ८ गते गोलि लागेको थियो भने उहाँको वैशाख १२ गते निधन भएको थियो । कार्यक्रमको संचालन पर्वत उद्योग बाणिज्य संघका महासचिब गणेश लामिछाने र धन्यवाद मन्तव्य उद्योग उपाध्यक्ष ठाकुरवीपौडेलले गर्नुभएको थियो । कोरोना भाईरसको संक्रमणका कारण विगत वर्षभन्दा फरक किसीमवाट कार्यक्रम गरीएको हो । सामाजिक दुरी कायम गर्दै कार्यक्रम गरिएको थियो ।






