पर्वत/जलजला गाउँपालिकाले जिल्लामा पहिलोपटक आफ्ना नागरिकको वास्तविक अवस्था पत्ता लगाउन व्यक्तिगत सर्वेक्षणका लागि गुगल फारम तयार पारेको छ । यो फारम विश्वका जुनसुकै ठाउँबाट पनि भर्न सकिने गाउँपालिकाले जनाएको छ । हरेक विपत्तिमा राहत तथा पुनर्स्थापना लगायत नागरिकको अवस्था सर्वेक्षणका लागि यो फारम निकै प्रभावकारी हुने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । ‘ जलजला गाउँपालिकामा स्थायी घर भै विदेशमा रहनुभएका साथै देशका विभिन्न स्थानमा रहनुभएका व्यक्तिहरूलाई तत्काल गर्नुपर्ने उद्दार एवं भविष्यमा गर्न सकिने सहयाेगका लागि तथ्यांक अावश्यक परेकाले गुगल फारममार्फत डाटा संकलन गर्ने प्रयास गरेका हौं ।’- अध्यक्ष मल्लले भन्नु भयो ।
सूचना प्रविधिको राम्रो उपयोग गर्दै आएको गाउँपालिकाले हाल देश लकडाउनकाे अवस्थामा रहेकाे समयमा पनि नागरिकका लागि अनलाइन प्रविधिमार्फत आफ्नो सेवा दिइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार तलको लिंक खाेली एक मिनेटमा फारम भर्न सकिने छ । गाउँपालिकाले संसारका जुनसुकै ठाउँमा भएका आफ्ना नागरिकलाई फाराम भरी सर्वेक्षणमा सहभागी हुन अनुरोध समेत गरेको छ । पर्वतका अन्य स्थानीय तहको तुलनामा जलजला गाउँपालिकाले नयाँ र रचनात्मक कामहरू गर्दै आएको छ । https://docs.google.com/…/1FAIpQLSdNUlUSrOz…/viewform..