पर्वत/जलजला गाउँपालिका -४ थामाका १२ जनालाई वुधबार रिलिज विरूद्धको भ्याक्सिन दिइएको छ । गत बैशाख ५ गते कुकुरको टोकाइपछि जेठको ७ गते र ११ गते क्रमश दुइवटा गोरू मरेपछि स्थानीयहरू आतंकित हुँदै जलजला गाउँपालिकाको स्वास्थ्य शाखामा रेविज विरूद्धको भ्याक्सिन लगाइदिन माग गरे बमोजिम वुधबार सम्बधित स्थानमा पुगेर...
पर्वत/महाशीला गाउँपालिकामा भारत लगायत तेस्रो मुलुकवाट आउने नागरिकहरुको सहयोगका लागि हेल्प डेस्क गठन गरिएको छ ।
भारत लगायत तेस्रो मुलुकमा रहेका गाउँपालिकावासी आम नागरिकहरुलाइ सम्पर्क समन्वय र सहयोगको लागी गाउँपालिकाका प्रबक्ता जीवन बिक्रम उचैको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको निर्देशनमा कार्यपालिकाका कर्मचारी प्रशासन...
पर्वत/कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासंघ पर्वतले जिल्लाका ४१ पत्रकारको कोरोना बिमा पत्रकार बीमा गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतले प्रति पत्रकार रु एक लाखको कोरोना बीमा गराएको गरेको हो ।
कोरोना संक्रमणको सम्भावना पत्रकारलाई उच्च हुने हुँदा क्रियाशिल पत्रकारहरुको विमा गरिएको महासंघका अध्यक्ष...
पर्वत/भारतबाट पर्वतमा आएका २९ जनाको कोरोना रिर्पोट नेगेटिभ देखिए पछि उनीहरुलाई १४ दिने क्वारेन्टाइनका लाग स्थानीय तहमा पठाइएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा भएको थ्रोड स्वाब परिक्षणको नजिता नेगेटिभ आएपछि उनीहरुलाई थप १४ दिन क्वारेन्टाइनमा राख्नका लागि सम्बन्धित गाउँपालिकाका जिम्मा लगाइएको पर्वत जिल्ला अस्पतालले जनाएको छ...
पर्वत/लकडाउनको समयमा पनि लुकिछिपी पैदल हिँडेर सुर्खेतदेखि पर्वत आएका जलजला-७ धाईरिङका चारजना व्यक्तिहरूलाई गाउँपालिकाले आज क्वारेन्टाइनमा राखेको छ । सुर्खेतबाट लुकीछिपी ६ दिन लगाएर उनीहरु आजमात्रै जलजला आइपुगेका हुन् । आएका सबै एकै परिवारका सदस्य रहेको बुझिएको छ । गाउँपालिकाले खटाएका स्वयंसेवकहरूले उनीहरूलाई गाउँ प्रवेश गर्ने क्रममा मंगलबार...
पर्वत/पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रति बिचलित नहुन र निर्धक्क भएर लेख्न देशभरका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले संचारमाध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीलाई समेत आग्रह...
पर्वत/फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण मुलुक लडक डाउनमा रहेका बेला पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने निणर्य गरेको हो । उत्पादन बढाउन र खाद्य संकट...
पर्वत/पर्वत जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको सरुवा भएको छ । पर्वतमा एक बर्ष देखि कार्यरत प्रजिअ नेपालको चितवनमा सरुवा भएको हो । गृहमन्त्रालयले पर्वत सहित ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
पर्वत जिल्लामा नयाँ प्रजिअको रुपमा गृह मन्त्रालयमा कार्यरत उपसचिब शम्भुराज रेग्मी आउनुहुने भएको...
पर्वत/भारतबाट पर्वत आएका २९ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार शनिबार बेलुका र आइतबार बिहान गरि २९ जना भित्रीएका छन । उनीहरुको पिसिआर परिक्षणका लागि आइतबार बिहान नै स्वब संकलन गरिएको
हो । संकलित स्वाब परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको पर्वत जिल्ला अस्पतालका...
पर्वत/जलजला गाउँपालिकाले आत्मनिर्भर समाजको निर्माण गर्न र घरघरमा स्वरोजगार सिर्जना गर्न कृषि र पशुपालनमा विशेष जोड दिने भएको छ । विश्वभर फैलिएको कोरोना महामारी र त्यसबाट अर्थतन्त्रमा पर्ने नकरात्मक असरलाई मध्यनजर गर्दै गाउँपालिकाले आय आर्जनका कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । 'गाउँको आर्थिक अवस्थालाई...








