प्रजिअ कल्पना घिमिरेको चितवनमा सरूवा: पर्वतमा शम्भु रेग्मी आउँदै

पर्वत/पर्वत जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको सरुवा भएको छ । पर्वतमा एक बर्ष देखि कार्यरत प्रजिअ नेपालको चितवनमा सरुवा भएको हो । गृहमन्त्रालयले पर्वत सहित ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

पर्वत जिल्लामा नयाँ प्रजिअको रुपमा गृह मन्त्रालयमा कार्यरत उपसचिब शम्भुराज रेग्मी आउनुहुने भएको छ ।