भारतबाट पर्वत आएका २९ जनाको रिपोर्ट नेगेटिभ : तर १४ दिने क्वारेन्टाइनमा पठाइयो

पर्वत/भारतबाट पर्वतमा आएका २९ जनाको कोरोना रिर्पोट नेगेटिभ देखिए पछि उनीहरुलाई १४ दिने क्वारेन्टाइनका लाग स्थानीय तहमा पठाइएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा भएको थ्रोड स्वाब परिक्षणको नजिता नेगेटिभ आएपछि उनीहरुलाई थप १४ दिन क्वारेन्टाइनमा राख्नका लागि सम्बन्धित गाउँपालिकाका जिम्मा लगाइएको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।

भारतबाट आएका उनीहरु कुश्मा बजारमा रहेको शिवालय मावि र ब्लू एन्जल होटलको क्वारेन्टाइनमा बसेका थिए । भारतबाट हिडेको ३ दिनको दिन उनीहरु पर्वत आइपुगेका हुन् । स्वाब संकलन गरिएका मध्ये १७ बर्ष देखि ३० बर्ष उमेर समूहका मानिसहरु रहेका छन् । ति मध्ये १ जना भने ५० बर्ष उमेर समूहका छन् ।

स्वाब संकलन गरिएकाहरु मध्ये पैयू गाउँपालिकाका सवै भन्दा धेरै १५ जना रहेका छन् । यसैगरी फलेवास नगरपािलकाका ४ जना, विहादी गाउँपालिकाका ३ जना, महाशिला गाउँपालिकाका २ जना मोदी गाउँपालिकाका २ जना रहेका छन् ।

यसैगरी कुश्मा नगरपालकाका २ जना र जलजला गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुलाई अव स्थानीय तहले ब्यवस्थापन गरी थप १४ दिन क्वारेन्टाइनमा राख्नेछन् । त्यस पछि पुनः उनीहरुको कोरोना परिक्षण हुनेछन । दोस्रो परिक्षणबाट नेगेटिभ आएपछि मात्र उनीहरु आफ्नो घरमा जान पाउनेछन् ।

यसैवीच भारतबाट पर्बतमा मंगलबार पनि ६ जना भित्रिएका छन् । रोजगारीको लागि भारत पुगेका उनिहरु स्थानिय प्रशासनको समबन्यमा जिल्ला भित्रिएका हुन । मंगलबार भित्रिएका ६ जना र सोमबार आएका ३ जनाको गरी ९ जनाको पिसिआर परिक्षणका लागि स्बाव संकलन गरी प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको छ ।