काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउसो २ वजे बस्दै छ । कोरोना भाइरसको महामारीका सम्बन्धमा छलफल गर्ने एजेण्डा तोकेर सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।
कोरोना संक्रमण नियन्त्रणमा सरकार पुरै असफल देखिएको अवस्थामा कांग्रेसले आफ्नो छुट्टै नयाँ रणनीति तयार गर्न सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाएका...
सरकारले आगामी आर्थिक वर्षको साउनभित्रै उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची खानेपानी आयोजनाको प्राविधिक र अन्य पक्षलाई केही वास्तै नगरिकनै आयोजनाको आधारभूत निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने...
पर्वत/प्राणघातक कोरोना भाइरसजन्य रोगले संसारभरको मानव अस्तित्वलाई चुनौती दिइरहेका बेला बालीनालीमा भइरहेको सलहको फौजी आक्रमणले कतिपय देशहरु रोग र भोकको दोहोरो चपेटामा पर्ने संकेत गरेकोे छ । कोभिड– १९ चीनको वुहानबाट शुरु भयो भने, सलहको कहर अफ्रिकी मुलुक केन्याबाट शुरु भएको छ । तर, दुबै विपत्ति लगभग एउटै समयमा...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वत जिल्लालाई कोरोनाको उच्च जोखिमबाट सुरक्षित राख्ने अभिप्रायले जिल्लामा गठित कोरोना नियन्त्रण समन्वय समितिलाई अत्यावश्यक स्वास्थ सामग्री हस्तान्तरण गर्नुभएको छ । नेता जोशीले शनिबार पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीमार्फत समितिलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले...
पर्वत/कोरोना भाइरस संक्रमीत थप ४ जना विरामी पर्वतमा भेटिएका छन । भारतबाट आइ क्वारेन्टाइनमा बसेका थप ४ जना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
थ्रोड स्वाब संकलन गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रयोशालामा परिक्षण गरिएकोमा पर्वत जिल्लाका थप ४ जनामा कोरोना भाइरसको पोजेटिभ देखिएको...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेस मोदी गाउँपालिका वडा नं. ८ चित्रेका वडा समितिका सहसचिव एवं नेपाल शिक्षक संघ मोदीका सदस्य शालिकराम पौडेलको निधनबाट नेपाली काँग्रेस र समग्र शैक्षिक आन्दोलनलाई अपुरणीय क्षति पुगेको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले मंगलवार स्वर्गिय पौडेलको निवासमै...
पर्वत /जिल्लाका पाँच जना युवामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवामा संक्रमण भेटिएको हो । उनीहरु जेठ सत्र गते भारत हुँदै पर्वत भित्रिएका थिए ।
जिल्लाको माहशिला गाउँपालिकाका तीन र फलेवास नगरपालिका दुई जना युवाहरु हुन । सदरमुकामको होटल...
नुवाकोट/नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद बहादुरसिंह लामा तामाङले नुवाकोटका ११ स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । सांसद लामाले शनिबार जिल्ला समन्वय समितिको कार्यालय बिदुरबाट उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहका फिल्डमा खटिरहेका स्वास्थ्यकर्मीहरुका लागि १ सय ५५ सेट...
पर्वत/नेपाली कांग्रेस शालिजाका पूर्व सभापति एवं जलजला गाउपालिका गाउँसभा सदस्य बलबहादुर पुनका पिता भीमबहादुर चोचाङ्गीको निधनप्रति शोक व्यक्त गर्दै नेपाली कांग्रेस शालिजाले आइतबार शोकसभा गरेको छ ।
सामाजिक दुरि कायम गरि आयोजना गरिएको शोक सभामा शोक मन्तव्य राख्दै नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष एबम जलजला...
पर्वत/ब्लड क्यान्सर भएपछि भारतमा उपचाररत पर्वतको कुस्मा नगरपालिका १० पिपलटारी स्थित बितलवका आसुतोस लामिछानेलाई कुस्मामा रहेको अन्नपूर्ण बहुउद्धेश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । उपचारमा झण्डै ६५ लाख रुपैयाँ खर्च भएपछि परिवारलाई आर्थिक समस्या भएकाले उपचारमा राहत होस भन्ने हेतुले १० हजार रुपैयाँ आसुतोषकी आमा मन्जु लामिछानेलाई हस्तान्त्रण...









