स्वर्गीय भीमबहादुर चोचाङ्गीको निधनप्रति नेपाली कांग्रेस शालिजाद्वारा शोकसभाको आयोजना

पर्वत/नेपाली कांग्रेस शालिजाका पूर्व सभापति एवं जलजला गाउपालिका गाउँसभा सदस्य बलबहादुर पुनका पिता भीमबहादुर चोचाङ्गीको निधनप्रति शोक व्यक्त गर्दै नेपाली कांग्रेस शालिजाले आइतबार शोकसभा गरेको छ ।

सामाजिक दुरि कायम गरि आयोजना गरिएको शोक सभामा शोक मन्तव्य राख्दै नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष एबम जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण )ले स्वर्गीय चोचाङ्गीले पुर्याएको सामाजिक योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँले समग्र विश्व समुदाय यतिखेर कोरोना संक्रमणको उच्च जोखिमबाट पीडित रहेको भन्दै यसबाट बच्न सबैले उच्च सतर्कता अपनाउन सुझाव दिनुभयो ।

जलजला गाउँपालिका वडा नं ६- शालिजाका अध्यक्ष बलबहादुर पूर्जाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसी, जलजला ४ का वडा अध्यक्ष भीष्म मल्ल, नेपाली कांग्रेस शालिजाका नेता वुद्धि सुवेदी, परिवारका सदस्य बलबहादुर पुन र नेपाली काँग्रेस जलजलाका नेता तथा गाउँपालिकाका सल्लाहकार यम शर्मा पौडेल लगायतले बोल्नुभएको थियो । स्वर्गीय चोचाङ्गीको ९६ बर्षको उमेरमा यही जेठ १६ गते निधन भएको थियो । उहाँका ६ छोरा र एक छोरी हुनुहुन्छ ।