Saturday, May 16, 2026

समाचार

पर्वत/जिल्ला भरका नगरप्रमुख तथा अध्यक्षहरुको लागि कुश्मामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो । ७ पालिकाका प्रमुख तथा अध्यक्षले सपथ खाएपछि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी नीजि गाडिमा हुंकिए । सरकारी सुविधा प्रयोग नगर्ने यस अघिको घोषणालाई निरन्तरता दिदै उनी आफ्नो नीजि गाडीमा नगरपालिकाको कार्यालयमा पुगे । उनी कार्यालयमा पुग्दा...
पर्वत/कुश्मा नगरपालिकामा संयुक्त बाम गठबन्धनको तर्फबाट नगरप्रमुख र उप्रमुखको उम्मेदवारहरुले आजबाट संयूक्त भेला तथा घरदैलो अभियान शुरु गरेका छन् । जिल्लाको धार्मिक तथा ऐतिहाँसिक स्थल पार्वतीको जन्मभूमी पाङबाट चुनावी अभियान शुरु गरिएको हो । उम्मेदवारहरुले पार्वती गुफा र मन्दिरको दर्शन गरेर चुनावी अभियानमा सहभागी भएका थिए । कुश्मा नगरपालिकाका...
पर्वत/जलजला गाउँपालिका वडा नम्बर ९ बनाैमा बाँसकाे मुढा बुन्ने तालिम सम्पन्न भएकाे छ । स्थानियलाई स्वराेजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले जलजला गाउँपालिकाकाे आयाेजनामा १५ दिने पुनर्ताजगी तथा एडभान्स बासकाे मुढा बुन्ने तालिम बुधबार सम्पन्न भएकाे हाे । तालिमकाे समापन गर्दै जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जलजला गाउँपालिकाले...
पर्वत/अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पमा पञ्चश्री महायज्ञ पर्वत कालञ्जर हम्पालमा सुरू भएको छ। महायज्ञको उद्घाटन जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो । नयाँ वर्ष २०७९ को अवसरमा ‘कालञ्जर समाज समृद्धि महायज्ञ’द्धारा अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पमा पञ्चश्री महायज्ञ आयोजना गरिएको हो।...
पर्वत/सनराइज बैंकले स्वास्थ्य योजनामा थप सुविधा ल्याएको जानकारी दिएको छ । बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिँदै आएकोमा यसवर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ । सनराइज बैंक कुश्मा शाखाले आज शिबालय बहुमुखी क्याम्पस कुश्माको विविएसमा अध्यनरत ७५ जना छात्रछात्राबीचमा अन्तरक्रिया गरि उक्त...
पर्वत/नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ४ ले पनि घरघर जाऔं, काँग्रेस जिताऔं अभियानको आजबाट औपचारिक रुपमा शुभारम्भ गरेको छ । फागुन २९ गतेदेखि स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशैभर एकैपटक शुरूवात भएको ’घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको वडा कार्यालयले आज एक कार्यक्रमका बीच ...
काठमाडौं/नेपाली कांग्रेसले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेको छ । कांग्रेसको गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई भ्रातृ संस्थामा रिक्त रहेका र स्वतः विघटन भएका संस्थाहरुको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो । देउवाले सोही अधिकार...
पोखरा/नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त भएका छन् । पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद–४ धारा १३ (१०) (झ) बमोजिम प्रदेश सभापति शुक्रराज शर्माले उनलाई नियुक्त गरेका हुन् । काँग्रेसको प्रदेश कार्यसमिति सदस्य रहेका पौडेलसँग तीन दशकभन्दा बढी पत्रकारिताको अनुभव छ । पर्वत कुशमा नगरपालिका -९...
पर्वत/नेपाली काँग्रेस फलेवास नगरकार्यसमितिले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार आयोजित नगरस्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा फलेवास नगरपालिका ११ वटै वडाका पार्टी पदाधिकारी र नगरभित्रका विभिन्न भातृ तथा शुभेच्छुक सङ्गठनका पदाधिकारीसहित दुई सयभन्दा बढी नेता, कार्यकर्ताको सहभागिता रहेको थियो । ‘घर घर जाऔँ–काँग्रेसलाई जिताऔं’ अभियानलाई सार्थकता बनाउन र आगामी...
पर्वत/स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सत्तारुढ दल नेपाली काँग्रेस पर्वतले पनि‘घर घर जाऔं, काँग्रेसलाई जिताऔँ’ अभियान शुरु गरेको छ । पर्वत जिल्लामा शुरु भएको अभियानको केन्द्रीय प्रतिनिधी प्रतिमा गौत्तमले औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै केन्द्रिय प्रतिनिधी गौतमले अभियानका क्रममा नागरिकको हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व...