पर्वत/मोदी गाउँपालिकाले आगामी जेठ ८ गते सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँ कार्यापालिकाको निर्णय अनुसार आगामी जेठ ८ गते गाउँपालिका भित्र नै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत कमल गौतमका अनुसार मोदी गाउँपालिकाको वडा न ६ तिलाहार स्थित तिलाहार बहुमुखी क्याम्पसमा कार्यक्रमको आयोजना गरिएको छ ।
गाउँपालिकाले सवै वडाका बासिन्दालाई सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितीका लागि अनुरोध गरेको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले अर्धबार्षिक वा बार्षिक रुपमा यस्ता कार्यक्रम अनिर्वाय गर्नुपर्ने कानूनी ब्यवस्था छ । यस अघि विहादी गाउँपालिका र जलजला गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी सकेका छन् ।
मोदी गाउँपालिकाले बार्षिक रुपमा प्रगति विवरण सार्वजनिक गर्ने र सेवाग्राहीका वीचमा दोहोरो अन्तरसम्बाद गर्ने गरी सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिईन् । गाउँपालिका भित्रका सवै उपभोक्ता समिति तथा सेवाग्राही नागरिकहरुलाई कार्यक्रममा सहभागीताको लागि गाउँपालिकाले आब्हान गरेको छ ।