कुश्मामा चौथो खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरू

6

पर्वत/कुश्मामा चौथो खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पर्वत ब्याडमिन्टन संघको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा १३३ टोलि सहभागी हुने भएका छन । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले खेलको उदघाटन गर्दै पर्वत ब्याडमिन्टन संघले ब्याडमिन्टन खेलप्रतीको रुचि जगाउने काम गरेको बताउनुभयो । जोशीले खेलले स्वस्थ जनशक्ती उत्पादन हुने भएकाले नगरले खेलको विकासका लागि नितिगत तथा संरचनागत विकासमा जोड दिएको बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल, ससत्र प्रहरी चण्डिका गणका गणपती अरबिन्द श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मधुसुधन नेउपाने,नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ, गुप्तेश्वर बहुमुखी सन्चालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्य लगायतले बोल्नुभएको थियो । कार्यक्रम ब्याडमिन्टन संघ पर्वतका अध्यक्ष प्रेम गुरुङ माइलाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक बद्रीनारायण पौडेलले गर्नुभएको थियो भने सन्चालन सचिव अर्जुन चापागाईंले गर्नुभएको थियो ।