Saturday, May 16, 2026

समाचार

पर्वत/पूर्व कर्मचारी सेवा परिषद पर्वतले स्थानीय तहको निर्वाचनमा विजयी भएका पूर्व कर्मचारीहरुलाई सम्मान सहित बधाई ज्ञापन गरेको छ । फलेवास नगरपालिकामा निर्वाचित मेयर गंगाधर तिवारी, कुश्मा नगरपालिका ७ को अध्यक्षमा निर्वाचित परशुराम पुरी, कुश्मा नगरपालिका ९ कटुवाचौपारीको वडाध्यक्षमा निर्वाचित राम शर्मा लामिछाने र मोदी ५ बाजुङका वडाध्यक्ष मानवहादुर अधिकारी...
पर्वत/पर्वतका ३१ वर्षीय एक युवाले नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। जिल्लाको बिहादी गाउँपालिका–४ वहाकी, ठाँटीस्थित बानिपोखरामा जन्मिएका युवा देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरी पर्वतकै गरिमा बढाउन सफल भएका हुन्। देशमा रहेको व्यरोजगारीको समस्याबाट अछुत हुन नसकेको उनको गाउँ । जहाँका अधिकांश युवाहरू वैदेशिक रोजगारीका लागि विदेश जार्नु...
पर्वत/पर्वत जिल्लामा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले पर्वतका स्थानीय तहलाई २ अर्ब ९६ करोड ६७ लाख रुपैयाँ उपलब्ध गराएको छ । जसमध्ये नगरपालिकालाई १ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ उपलब्ध गराइएकोे छ भने गाउँपालिकालाई १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ छुट्याइएको छ । पर्वत जिल्लामा...
पर्वत/राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा निर्माण कम्पनीले कालोपत्रे सम्पन्न नगर्दै भत्किएपछि मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै आयोजना कार्यालयले ठेकेदार कम्पनीलाई...
काठमाडौं/नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ बर्ष पुगेको छ । २०५८ जेठ १९ गते राति सवा ९ बज राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो । नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती,...
पर्वत/गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय पर्वतलाई नमुना कार्यालय घोषणा गरेको छ । जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट काम गरेका कारण नमुना कार्यालय घोषणा भएको हो । प्रदेश सरकारले नमुना कार्यलय छनोट कार्यबिधि २०७८ बमोजिम उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत...
पर्वत/जलजला गाउँपालिकाले शैक्षिक सुधारको लागि विद्यालयहरुको अनुगमनमा तीब्रता दिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष लगायतको संयुक्त टोलीले गाउँपालिकाभित्रका बिभिन्न स्थानका विद्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिइरहेको छ । सोही कार्यक्रम अन्तर्गत मङ्गलवार फर्सेमा रहेको शिव माध्यमिक विद्यालयमा अनुगमन गरिएको छ। गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष...
पर्वत/नेकपा एमालेका जनप्रतिनिधिप्रति स्वयम् नेकपा एमालेले नै अविश्वास प्रकट गरेको छ । स्थानीय तहको मत परिणाम घोषणाको १५ दिनभित्र पालिकाको कार्यपालिकाको निर्वाचन गर्नुपर्ने बैधानिक प्रावधान छ । तर नेकपा एमाले पर्वतले कार्यपालिकाको उम्मेदवारको मनोनयन दर्तापछि कुश्मा नगरपालिका, फलेबास नगरपालिका, जलजला गाउँपालिका र बिहादी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिको मोबाइल कब्जामा लिएर...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदभार ग्रहण गरेका छन् । शुक्रबार सपथ लिए लगतै अध्यक्ष राजु आचार्यले पदभार ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृतबाट सपद लिएका आचार्यले पदभार ग्रहण गरेसंगै उपाध्यक्ष र नगर सभाका सदस्यहरुलाई पनि सपग गराएका थिए । अध्यक्ष आचार्यले सपथ गराएसंगै उपाध्यक्ष दिपक आचार्यले...
पर्वत/स्थानीय तह निर्वाचनका सवै प्रक्रियाहरु अझै सम्पन्न भएका छैनन् । प्रत्यक्ष निर्वाचित नगर, गाउँ सभा सदस्यहरुको निर्वाचन सम्पन्न भएको छ । यस बाहेक गाउँ तथा नगर कार्यपालिकाको निर्वाचन बाँकी छ । यो प्रक्रिया पछि जिल्ला समन्वय समितिको गठन प्रक्रिया समेत बाँकी छ । संविधानले गाउँ तथा नगरपालिकाहरुसंगै जिल्लामा जिल्ला...