पैयुँमा निःशुल्क सेवा सहितको विशेषज्ञ स्वास्थ्य शिविर शुरू

8

पर्वत/पैयुँ गाउँपालिकामा बृहत सेवा सहितको एक दिने स्वास्थ्य शिविर शुरु भएको छ । पैैयुँ क्षेत्रका जनतालाई लक्षित गरि आयोजना गरिएको बृहत सेवा सहितको स्वास्थ्य शिविरको गण्डकी प्रदेश सदस्य मित्रलाल बस्यालले उद्घाटन गरेका हुन् । उद्घाटन गदै प्रदेश सदस्य बस्यालले पैयुँ क्षेत्रमा छिट्टै सुविधासम्पन्न अस्पताल निर्माण गरिने बताए । अस्पताल नहुँदा यस क्षेत्रका जनताले सास्ती व्यहोर्न बाध्य भएको बताउँदै अस्पताल निर्माणमा टेण्डर छिट्टै गर्ने गरी काम अगाडी बढेको बताए । उनले पैयुँ क्षेत्रको विकासमा एकता र सहकार्य आवश्यक रहेको औल्याए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ले गाउँपालिकाले नागरिकको सहजताका लागी निःशुल्क उपचारको व्यवस्था गरेको बताए । उनले यस क्षेत्रका जनतालाई लक्षित गरि गरिएको स्वास्थ्य शिविर निकट भविष्यमा निरन्तरता दिने उनको भनाई छ । पैयुँ गाउँपालिकाले गम्भीर रोग लागेका नागरिकको उपचारमा सहयोग गदै आएको बताउँदै आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकको उपचारमा गाउँपालिकाले सहयोग गर्ने बताए । गाउँपालिकाले स्थायी रुपमा बसोवास गदै आएका मुटु, मृगौला, क्यान्सर र पक्षघात (प्यारालाइसिस) का विरामीले पालिका भन्दा बाहिरी स्वास्थ्य संस्थामा उपचार वा चेकजाँच गराएको हकमा दश हजार रुपैयाँ दिने निर्णय गरेको उनको भनाई छ । आर्थिक अवस्था कमजोर तथा विपन्न भएका पालिका भन्दा बाहेर गएर उपचार तथा चेकजाँच गराएर आएमा पाँच हजार रुपैयाँ दिने उद्घोष गरे ।

स्वास्थ्य शिविरमा एक हजार भन्दा बढिले स्वास्थ्य सेवा लिने अनुमान गरिएको छ । सामान्य उपचारका लागि वलिङ, बटुवाल तथा पोखरा जानुपर्ने बाध्यता शिविरले हटाएको भन्दै स्थानीय खुशी भएका छन् । बिरामीहरुले निशुल्क रुपमै नाक, कान, घाँटी सम्बन्धि उपचार, आयुवेद, आँखा, दाँच र छाला सम्बन्धि सेवा, हाडजोर्नी तथा नशारोग, बाल रोग, पेट, छाती तथा मुटुरोग स्त्रीरोग लगायत विभिन्न रोगको निशुल्क उपचार पाएपछि खुशी भएका हुन् । शिविरमा स्वास्थ्य जाँच गराएका नागरिकलाई निशुल्क औषधिको ब्यबस्था गरिएको छ ।

एक दिन मात्र संचालन हुने शिविरमा रोटरी क्लव अफ नारायणि मिडटाउन चितवनका अध्यक्ष स्वेता उपाध्याय र मौलाकालिका अस्पताल भरतपुरका प्रबन्ध निर्देशक डाक्टर केशवराज भुर्तेल सहित वरिष्ठ प्रसुतिरोग बिशेषज्ञ डाक्टर केशवराज भुर्तेलसंगै डाक्टर रमेश पौडेल, डाक्टर सुरेस प्रधान (प्लास्टिक र सामान्य सर्जरी), इएएनटी डाक्टर लक्ष्मी खडका, बालरोग डाक्टर बिस्णु पराजुली, फिजीसीयन डा बिनोद पौडेल, हाडजोर्नी डाक्टर पुष्प भुसाल, छाला डाक्टर अचुत पोखरेल, डाक्टर पुजा पौडेल, एनेस्थेसिया डाक्टर शान्ति भुर्तेल, रेडियोलोजि डाक्टर रजनिश मानन्धर, ब्रेष्ट क्यान्सर डाक्टर अस्मिता न्यौपाने, फिजिसियन डाक्टर अनुपा देवकोटा पौडेल र आँखा सम्बन्धि सम्पूर्ण सेवा हिमालयन आँखा अस्पताल पोखराले उपलब्ध गराउने जनाईएको छ ।