पर्वत/कुश्मा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षती प्रति दुख व्यक्त गर्दै आर्थिक सहयोगको घोषणा गरेको छ । भूकम्प पीडितका लागि कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले आफ्नो पारिश्रमिक कटाएर पाँच लाख एघार हजार एकसय एघार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
भूकम्प...
पर्वत/नेपालमा सम्भवतः २०७२ साल पछिकै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको...
पर्वत/जिल्लाको जलजला गाउँपालिका–८ नाग्लिवाङ देखि बागलुङ नगरपालिका–४ गौरीधाम जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल तयार भएको छ । ५२४ मिटर लामो १८५ मिटर अग्लो सिंगल स्पानको बिश्वकै दोस्रो लामो झोलुङ्गे पुलले यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने पुल निर्माण गरिरहेको निर्माण कम्पनी हिमशिखर हिरा कन्ट्रक्सनका प्रतिनिधि वसन्त घर्ती...
पर्वत/जिल्लाको सदरमुकामु कुश्मा बजारमा जीप दुर्घटना भएको छ । कुश्मा नगरपालिका वडा न ७ दुर्लुङ चोकमा बागलुङ देखि नारायणगढ जाँदै गरेको ना १ ज ५४३१ नम्बरको जीप दुर्घटनामा परेको हो ।
मध्यपहाडी लोकमार्ग अन्तर्गतको कुश्मा खण्डमा उक्त जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा परी...
पर्वत/जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ। बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो। खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको...
पर्वत/गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ। जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो। गाउँपालिकालाई पशुपालनबाट दूध र मासुमा आत्मनिर्भर बनाउन ३ वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ।
कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको...
पर्वत/नेपाली काँग्रेसले विहादी गाउँपालिकामा पालिका सम्मेलन एवं विजयादशमी तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार विहादी गाउँपालिका ३ रानीपानीमा नेपाली काँग्रेस विहादी गाउँपालिका कार्यसमितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा पार्टीको वर्तमान...
पर्वत/अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो महाधिबेशन पर्वतको जलजलामा सम्पन्न भएको छ । महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दै जलजला घोषणापत्र जारी गर्दै महाधिवेशन सम्पन्नभएको हो । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महाधिबेशनको उद्घाटन गर्नुभयो । उहाँले बिदेशमा आर्जन गरेको सीप र पूँजीलाई स्वदेशको विकासमा खर्चिन गैह्र आवासीय नेपालीलाई आव्हान गर्नुभयो...
पर्वत/कुश्मा नगरपालिका ६ मा रहेको ऐतिहाँसिक भीमसेन मन्दिरको पुननिर्माण गरिएको छ । जिर्ण अवस्थामा रहेको उक्त मन्दिरको कुश्मा नगरपालिका, वडा कार्यालय र स्थानीय समूदायको चन्दा सहयोगबाट पुननिर्माण गरिएको हो । २०३७ सालमा स्थानीय नेवार समूदायले निर्माण गरेको मन्दिर जिर्ण अवस्थामा रहेको बेला नयाँ स्वरुपमा मन्दिरको पुननिर्माण भएको मन्दिर निर्माण...
पर्वत/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो वार्षिक साधारण सभा शुक्रवार कुश्मामा सम्पन्न भएको छ । साधारण सभाले १५ प्रतिशत नगद लाभांश पारित गरेको छ । यश भन्दा पहिले संस्थाले ७३ दशमलव ६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा नेपाल राष्ट्र वैंकले १७ दशमलव ९३४२ प्रतिशत मात्र लाभांश स्वीकृति गरेको थियो...









