भुकम्प पीडितको लागि कुश्मा नगरपालिकाले ५ लाख ११ हजार सहयोग गर्ने

33

पर्वत/कुश्मा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षती प्रति दुख व्यक्त गर्दै आर्थिक सहयोगको घोषणा गरेको छ । भूकम्प पीडितका लागि कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले आफ्नो पारिश्रमिक कटाएर पाँच लाख एघार हजार एकसय एघार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

भूकम्प पीडितका लागि सहयोग संकलन गर्ने अभियानमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्नुपर्छ भन्ने हेतुले आर्थिक सहयोगको जमर्कोे गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उहाँले भूकम्प पीडितको उद्धार, राहात तथा पुनस्र्थापनाका लागि कर्मचारीको एक दिनको तलब र जनप्रतिनिधीको पाँच दिनको सेवा सुविधा वराबरको रकम सहयोग गर्न खोजिएको बताउनुभयो । भूकम्पका कारण समस्यामा परेका नागरिकका लागि थोरै भएपनि मल्हम लगाउने कोसिस गरेको जोशीले बताउनुभयो ।

साथै भूकम्पमा परि ज्यान गुमाएका नलगाड नगरपालिकाका उपप्रमुख सरीता सिँह तथा जाजरकोट र रुकुम पश्चिमा ज्यान गुमाएका सबै प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ भने घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।