सम्झौताको अवधी सकिन लाग्यो तर मालढुङ्गा-बेनी सडकको काम अलपत्र

27

ओमप्रसाद शर्मा घायल
पर्वत/राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा—बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । सम्झौता अवधि नाघिसक्दा समेत जम्मा ४२ प्रतिशत मात्र प्रगति भएको उक्त सडक खण्ड निर्माण सामाग्रीको अभाव देखाउँदै निर्माण ब्यवसायीले सडक ठप्प पारेका छन् । सम्झौता अनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौ यात्रुहरु जोखिमपुणर् यात्रा गर्न बाध्य भएका छन् ।

१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विस २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएपनि अहिले सम्म ४२ प्रतिशत मात्र काम भएको छ । कालीगण्डकी करिडोर आयोजना जोमसोमका इन्जिनियर तथा साईड इन्चार्ज पन्तका अनुसार हालसम्म मालढुंगा(बेनी सडकको ४२ प्रतिशत काम सम्पन्न भएको बताए । उनकाअनुसार ०८० पुससम्म म्याद थप भएको बताउँदै सडक निर्माणका क्रममा विभिन्न बाधा अवरोध सिर्जना भएकाले ढिला भएको हो ।

थप गरिएको अवधि समेत अब दुई महिना मात्र बाँकी छ । गत वर्षनै सम्पन्न हुनुपर्ने सडक भएपनि ठेक्का सम्झौता अुनसार निर्माण सामाग्रीको प्रयोग गर्न नपाएपछि ढिलाई भएको हो ।

पर्वतको कुश्मा नगरपालिका १ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामाग्रीको अभाबमा रोकिएको हो । १३ किलोमिटर लामो उक्त सडकमा अहिले यात्रा गर्न सकस हुने गरेको छ ।

सडकमा रहेका ठुला ठुला खाडल, हिलो र ढुंगा तथा पहिरोका कारण जोखिमपुणर् बनेको छ । म्याग्दी सदरमुकाम बेनी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनहरु हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे हुने गरेका छन् । मालढुंगादेखि वेनी सम्मको १३ किलोमिटर पार गर्न घण्टौ समय लाग्ने गरेको छ ।