नेपाली काँग्रेस विहादीको पालिकास्तरीय सम्मेलन सम्पन्न

पर्वत/नेपाली काँग्रेसले विहादी गाउँपालिकामा पालिका सम्मेलन एवं विजयादशमी तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार विहादी गाउँपालिका ३ रानीपानीमा नेपाली काँग्रेस विहादी गाउँपालिका कार्यसमितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पार्टीको वर्तमान अवस्था, कार्यकर्ताहरुमा रहेको असन्तुष्टि, आगामी दिनमा गर्नुपर्ने कार्यहरुको बारेमा छलफल भएको छ । नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशीले प्रतिबन्धित अवस्थामा समेत धेरै संघर्ष गरेर नेपाली काँग्रेस आएको बताउँदै अहिले काँग्रेस कमजोर भयो भनेर झुठो हल्ला फैल्याइएको बताउनुभयो । उहाँले पार्टीका जिम्मेवार व्याक्तिहरु नै आधिकारिक उम्मेदवारलाई हराउन लाग्ने र अरुलाई दोष दिने गलत प्रवृति हावी भएको जोशीले बताउनुभयो । उहाँले काँग्रेस सकिएमा लोकतन्त्र पनि सकिने बताउँदै काँग्रेसलाई कमजोर बनाएर देश लाई कमजोर बनाउन कोहि पनि लाग्न नहुने सभापति जोशीले उल्लेख गर्नुभयो । सभापति जोशीले आफू जिल्ला सभापति भएपछि पार्टीभित्र रहेको गुट र उपगुट अन्त्य गर्न लािगपरेको बताउनुभयो । केपी शर्मा ओली नेतृत्वको एक तिहाई वहुमतको सरकार बन्दा देश विकास हुन्छ भन्ने अपेक्षा रहेपनि त्यो चाहना माटोमा मिलेको भन्दै जोशीले अहिले पनि देश बनाउने विभिन्न नाटक लिएर पार्टी जन्मिएका भएपनि उनीहरुले जनताको आँखामा छारो हाल्ने काम गरेको अरोप लगाउनुभयो । उहाँले काँग्रेसलाई सिध्याउन जुनसुकै फण्डाको खेती गरेपनि त्यो दिवासपना पुरा नहुने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा जिल्ला कार्यसमितिका निवर्तमान सभापति खिमप्रसाद भुसाल, वर्तमान उपसभापति डा. चुडामणी शर्मा र शिवप्रसाद सुबेदी, सचिव अशोक उचै ठकुरी र गुप्तनिधी शर्मा, महाधिबेशन प्रतिनिधी खगेन्द्रप्रसाद तिवारीले शुभकामना मन्तव्य राख्नुभयो । यस्तै सहसचिव तिलकप्रसाद भुसाल, महाधिबेशन प्रतिनिधी खैसरा परियार, आमन्त्रित सदस्य रणबहादुर आले र भीमबहादुर श्रेष्ठ, प्रदेश ‘ख’ का सभापति प्रविण गुरुङ, नेपाली काँग्रेसका सल्लाहकार सदस्य गोविन्दप्रसाद पाध्या, निवर्तमान जिल्ला उपसभापति गिरीराज गौतम, पैयुँ गाउँपालिकाका सभापति डम्वर प्रधान, नेविसंघका सभापति अजय पोखरेल, विहादी गाउँपालिका २ का अध्यक्ष गणेश शर्मा पौडेल, वडा सभापतिहरु क्रमश ः चमबहादुर खड्का, हरिप्रसाद शर्मा, जयलाल पौडेल, डण्डपाणी न्यौपाने,गोकुलप्रसाद भुसाल,नरबहादुर क्षेत्री, नेपाल महिला संघ विहादी १ का सभापति कोपिला खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाली काँग्रेस विहादी गाउँपालिकाका सभापति विष्णुप्रसाद भुसालको सभापतित्वमा भएको कार्यक्रमको स्वागत जिल्ला समन्वय समितिका सदस्य विजयकुमार क्षेत्रीले गर्नुभएको थियो भने सञ्चालन सचिव प्रेम नेपालीले गर्नुभएको थियो ।