पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री प्रभावशाली महिला नेतृ महालक्ष्मी उपाध्याय (डिना)ने पछिल्लो पुस्तामा राजनीतिप्रतिको निष्ठा हराउँदै गएको वताउनु भएको छ । नेपाली काँग्रेस पर्वतको आयोजनामा विहिवार वर्तमान राष्ट्रिय राजनीतिका समसामयिक विषयमा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उपाध्यायले नेपाली काँग्रेस गुटगत राजनीति र सैद्धान्तिक विचलनका कारण...
पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आगामी फागुन २७ गते देखि राष्ट्रिय सभाका अध्यक्ष कप प्रतियोगीता कार्यक्रमको आयोजना गर्दैछ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाको गृह पालिका मोदी गाउँपालिकाले अध्यक्ष तिमिल्सीनाको सम्मानका लागि उक्त प्रतियोगीताको आयोजना गर्न लागेको हो ।
विगतका बर्षहरु देखि नै आयोजना हुँदै आएको प्रतियोगीताको अध्यक्ष तिमिल्सीनाले उद्घाटन गर्नेछन्...
पर्वत/नेपाली काँग्रेस पर्वत र जिल्लाका जनप्रतिनिधिहरूको बीचमा मैत्रीपूर्ण संवाद कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि र पार्टीबीचको समन्वय र सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउने उद्देश्यले पार्टीका पदाधिकारी र नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्षका बीचमा समन्वयात्मक बैठक आयोजना गरिएको पार्टी सभापति युवराज जोशीले जानकारी दिनुभयो । बैठकमा जनप्रतिनिधि...
पर्वत/राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समृद्धिको लागि ग्रामीण पर्यटनमा जोड दिनुपर्ने धारणा राख्नु भएको छ । राष्ट्रपति भण्डारीले वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उहाँको भनाई छ । पर्यापटनको विकासले ग्रामीण अर्थतन्त्र बलियो बन्ने...
पर्वत/गण्डकी प्रदेश स्तरीय सातौं पर्वत महोत्सव बुधवार देखि पर्वत सदरमुकाम कुश्मा बजारमा शुरु भएको छ । महोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री गिरीले स्वास्थ्य क्षेत्रमा धेरै समस्याहरु रहेकाले त्यसको समाधानको प्रयासमा आफू लागेको बताएका छन् । मन्त्री गिरी कोहि पनि...
पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सातौ पर्वत महोत्सव तयारी पुरा भएको छ । गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा महोत्सबको सबैजसो तयारी पुरा भएको जानकारी दिइएको हो ।
महोत्सबको...
पर्वत/गाउँपालिकाले विपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने भएको छ । जिल्लाकाे बिहादी गाउँपालिकाले बिपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई नगद ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । शुक्रवार बसेको गाउँकार्यपालिकाको बैठकले विपद राहात तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ लाई संसोधन गदै गाउँपालिका भित्र...
पर्वत/जलजला गाउँपालिकाले नागरिकले लिनुपर्ने सेवालाई सहज बनाउन वडा–वडामा नै पुगेर घुम्ती शिविर सञ्चालन गरेको छ । पौष १८ गतेदेखि शुरू भएको घुम्ती शिविर नौवटै वडामा पुगेर आज समापन गरिँदैछ । गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवा लिन गाउँपालिकाको केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्न तथा नागरिकलाई सेवा प्रदानमा...
पर्वत/जिल्लाका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १६औं स्मृति दिवस वालवालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री वितरण लगायत विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला सभापति रहनु भएका विकासप्रेमी, निष्ठावान नेता स्वर्गिय अमृतप्रसाद जोशी जन्मेको थलो कुश्मा नगरपालिका वडा नं....
पर्वत/नेपाली काँग्रेस पर्वतको कार्यवाहक सभापतिको जिम्मेवारी पार्टीका उपसभापति डाक्टर चूडामणि शर्माले प्राप्त गर्नुभएको छ । पार्टी सभापति युवराज जोशीले आफू व्यक्तिगत कामले केहीदिन देशबाहिर जानुपर्ने भएकाले पार्टीको विधानको परिच्छेद-३ को धारा १२ को उपधारा ७(ट) को व्यवस्था अनुसार आफू जिल्ला नफर्कुञ्जेल का लागि उपसभापति डाक्टर शर्मालाई उक्त जिम्मेवारी दिइएको...









