Tuesday, May 12, 2026

राजनीति

पर्वत/प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी र माओवादी केन्द्रका नेता सुदिप कुवँर मतदातालाई धन्यवाद दिन यतिबेला पालिका स्तरिय कार्यक्रममा व्यस्त छन् । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको पर्वतमा गठबनधनबाट उम्मेदवार बनेका जोशी एमालेका उम्मेदवार पदम गिरीसँग झिनो मतान्तरले पराजित भएका थिए । त्यस्तै प्रदेशसभामा...
पर्वत/पर्वतमा प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई गरी तीनै सिटमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका छन्। खसेका कुल मत ६६ हजार...
पर्वत/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतको ७ पालिकामा ५५ प्रतिशत मत खसेको हो । जस अनुसार विहादी गाउँपालिकामा जम्मा १० हजार ९ सय ९० मत मध्ये ५ हजार ७ सय ५१ मत खसेको...
पर्वत/यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ ।निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस...
पर्वत/आज मध्य रातदेखि निर्वाचन प्रचार प्रसार गर्न नपाइने कानूनी ब्यवस्था रहेको छ । निर्वाचन प्रचार प्रसारका लागि आज अन्तिम भएकाले आज नै उमेदवारहरुले औपचारिक कार्यक्रमहरु बन्द गर्ने छन् । मध्य रात १२ बजेटदेखि स्थिर अवधि शुरु हुने र उक्त अवधिमा कुनै पनि दलको पक्ष वा विपक्षमा कसैले पनि प्रचार...
पर्वत/मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्वतका १४८ मतदान केन्द्रका लागि कर्मचारीहरु खटाइएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार एउटा मतदान केन्द्रमा एक जना सहायक मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी र एक जना सहयोगी गरी मुख्य...
माधव चापागाईं बागलुङ/मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल) का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन्। कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले मंगलबार आयोजना गरेको चुनाव बहिस्कार कार्यक्रमको कोण सभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान...
पर्वत /जिल्लामा १५ वर्षको अवधिमा मतदाता नामावलीमा नाम कायम रहेकाहरूको संख्यामा साढे १५ प्रतिशतले कमी आएको छ। जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार २०६४ सालमा भएको संविधान सभा सदस्य निर्वाचनको बेलामा मतदाताको कुल संख्या एक लाख ४५ हजार १३४ रहेको थियो। यसको १५ वर्षपछि आगामी मंसिर चार...
पर्वत/केही समयअघि कुश्माको शिवालयचोकमा एक टेलिभिजन कार्यक्रममा फलेवासका कृष्ण सुबेदीले प्रश्न गरे,‘ बार्तली बा’ का छाउरालाई किन भोट दिने ? उनले बार्तली ‘बा’ का छाउरा भनेर पर्वतबाट एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पदम गिरीलाई भनेका थिए । एमालेको तर्फबाट भोट माग्दै घरदैलोमा पुगेका पदम गिरीलाई फलेवासका कृष्ण सुबेदी जस्ता...
पर्वत/बाम-लोकतान्त्रिक गठवन्धनको संयुक्त चुनावी सभा पैयुँ गाउँपालिकाकाको हातेमालोचोक सम्पन्न भएको छ । सभामा वोल्ने गठवन्धनका नेता तथा उम्मेदवारहरुले पर्वतमा आफ्नो विजय सुनिश्चित भएको तर प्राविधिक नतिजाको पर्खाईमा रहेको दावी गर्नु भएको छ । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य पदका संयुक्त गठवन्धनका साझा उम्मेदवार अर्जुनप्रसाद जोशीले आफू दक्षिण पर्वतको...