निर्वाचन प्रचारप्रसारको आज अन्तिम दिन, राति १२ बजेबाट मौन अवधी शुरू हुँदै

43

पर्वत/आज मध्य रातदेखि निर्वाचन प्रचार प्रसार गर्न नपाइने कानूनी ब्यवस्था रहेको छ । निर्वाचन प्रचार प्रसारका लागि आज अन्तिम भएकाले आज नै उमेदवारहरुले औपचारिक कार्यक्रमहरु बन्द गर्ने छन् । मध्य रात १२ बजेटदेखि स्थिर अवधि शुरु हुने र उक्त अवधिमा कुनै पनि दलको पक्ष वा विपक्षमा कसैले पनि प्रचार प्रसार गर्न नपाइने कानूनी ब्यवस्था रहेको छ ।

पर्वत जिल्लामा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र एमालेबाट पदम गिरी,राप्रपाबाट दिपकबहादुर मल्ल, नेपाली कांग्रेस विपीबाट देवाखर भट्टराई र स्वतन्त्र पाटीबाट जालबहादुर पुन निर्वाचनमा उमेदवार बनेका छन् । यसैगरी प्रतिनिधि सभामै राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका ठाकुर प्रसाद भुषाल, मंगोल अर्जनाइजेनका चन्द्रबहादुर पुन पाइजा, नेपाल शुसासन पाटीबाट भगवती पौडेल उमेदार छन् । यसैगरी स्वतन्त्रबाट भने अरुण पौडेल, सितादेवी शर्मा र सावित्री शर्माको उमेदवार परेको छ ।

मुख्य प्रतिस्पर्धा भने जोशी र गिरीवीच नै हुनेछ । जोशी गठबन्धनको समर्थनमा साझा उमेदवार बनेका छन् । एता, गण्डकी प्रदेश १ नम्बर तर्फ एमालेका भक्त कुँवर, माओवादीका सुदीप कुँवर, विपी कांग्रेसका कमल पौडेल र राप्रपाका अशोक गुरुङ उमेदवार छन् । हाम्रो पाटीबाट रमेश पौडेल, मंगोल अर्जनाइजेनबाट शेरबहादुर पुनः पाइजा, राष्ट्रिय प्रजातन्त्र पाटीबाट प्रेमकुमार गुरुङ, जनमुक्ति पाटीबाट शौभाग्य थापा पुन, सुशासन पाटीबाट थमबहादुर क्षेत्री र स्वतन्त्रबाट मायादेवी पौडेलको उमेदवारी परेको छ । यहाँ मुख्य प्रतिस्पर्धा भने एमालेका कुँवर र माओवादीका कुँवर वीच नै हुने देखिन्छ ।

यसैगरी प्रदेश क्षेत्र न २ मा भने नेपाली काँग्रेसका ऋषिकेश तिवारी र एमालेका मित्रलाल बस्याल, हाम्रो पाटीका नारायण खत्री, राष्ट्रिय प्रजातन्त्र पाटीका बालकृष्ण पौडेल, राप्रपाका रघुनाथ उपाध्याय र स्वतन्त्रबाट बसन्त कुमार श्रेष्ठ र चन्द्रकुमयरी मल्ल क्षेत्रीको उमेदवारी परेको छ ।