विपदमा परि ज्यान गुमाएका परिवारलाई ५० हजार राहत दिने बिहादी गाउँपालिकाको निर्णय

34

पर्वत/गाउँपालिकाले विपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने भएको छ । जिल्लाकाे बिहादी गाउँपालिकाले बिपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई नगद ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । शुक्रवार बसेको गाउँकार्यपालिकाको बैठकले विपद राहात तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ लाई संसोधन गदै गाउँपालिका भित्र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई राहात स्वरुप ५० हजार दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रविण गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार बैठकले बसोवास गदै आएको घरमा आगलागिबाट पूर्ण रुपमा नष्ट भएमा आवश्यक व्यवस्था गर्नको लागि २० हजार रुपैयाँ दिने निर्णय गरेको छ । बैठकले बाढी पहिरो तथा अन्य विपत्तिबाट पूर्ण रुपमा नष्ट भएमा आवश्यक व्यवस्थाको लागि २० हजार रुपैयाँ तथा आंशिक घर क्षति भएमा मर्मतका लागि १० हजार, गोठ आगलागिबाट पूर्ण रुपमा नष्ट भएमा ८ हजार र अन्य कारणबाट गोठ पूर्ण नेष्ट भएमा ८ हजार रुपैयाँ प्रति परिवारलाई राहात स्वरुप उपलव्ध गराउने निर्णय गरेको जनाएको छ ।

विपदमा परि घाईते भएकाहरुलाई सरकारी अस्पतालबाट उपचार गरि घर जान आर्थिक सहयोग स्वरुप प्रक्तिव्यक्ति ५ हजार यातयात खर्च दिईनेछ । रोग लागि अति विपन्न कारण उपचार गर्न जान नसक्ने परिवारलाई ५ हजार सहयोग उपलव्ध गराईने छ । विपदको कारण पशु पौपाय मरेमा प्रति माउ भैसी ७ हजार, गाई गोरु ५ हजार, माउ बाख्रा र बंगुर ५ हजार, पाठापाठी, पाडापाडी र बाच्छाबाच्छीलाई ३ हजार उपलव्ध गराउने निर्णय गरेको छ। साथै बिहादी गाउँपालिकाले ११ औँ हिउँदे अधिवेशन आगामी माघ १० गते मंगलवार गर्ने निर्णय गरेको छ ।