आलु खेतीको प्रर्वद्धनका लागि जलजला गाउँपालिकाको नयाँ कार्यक्रम

48

पर्वत/पर्वतमा आलुको मुल बिऊ विकास कार्यक्रम शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाले आलु खेतीमा आत्मनिर्भर बनाउने उद्धेश्यले आलुको मुल विऊ उत्पादन गर्न थालेको हो । जलजला गाउँपालिका वडा नं। ६ शालिजाको बराह, चिहानकाटे, लाम्पाटा र रात्माटामा आलुको विऊ उत्पादनका लागि शनिवारदेखि रोप्न थालिएको छ । यस वर्ष ९ रोपनी क्षेत्रफलमा ५३ हजार २०० वटा आलुका दाना रोपिन थालिएको हो । उक्त विऊ नेपाल कृषि अनुसन्धान परिषदको सिफारीसमा ८ लाख २० हजारमा खरिद गरिएको हो । जलजला गाउँपालिकाले राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय कार्यक्रम शुरु गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । आलुको गुणस्तरीय विउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो विउ विस्थापित र विउ आलुमा आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष आचार्यको भनाई छ ।‘ जलजलाको धेरै भूगोलमा आलु खेती भएपनि बर्षौदेखि एउटै विउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकिराको समस्या देखियो,’ उनले भने ‘गुणस्तरीय विउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् ९नार्क०ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पुर्व मुल विउ भित्र्र्याइएको छ । गाउँपालिकाका कृषि अधिकृत राजु गौतमले ९ रोपनी क्षेत्रफलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार २०० दाना रोपिएको जानकारी दिए । अहिले लगाएको विउ पाँच पुस्तापछि खायन ९खानका लागि विउ रोप्न० योग्य हुन्छ । विउ आलुमा आत्मनिर्भर कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा दश लाख बिनियोजन गरेको छ । बराह, चिहानकाटे, लाम्पाटा र रात्माटामा ८८ बोरा दोस्रो पुस्ताको विउ आलु रोपिएको छ । दोस्रो पुस्ताको विउ आलु कृषकलाई पचास प्रतिशत अनुदानमा वितरण गरिएको हो । कृषकहरुलाई लगाउने ज्याला उपलब्ध गराउने र प्रतिकिलो रु। २५ देखि ३० का दरले खरिद गर्ने सम्झौता भएको छ । अहिले लगाएको पुर्व विउ आलु उत्पादन भएपछि कृषकहरुबाट गाउँपालिकाले खरिद गरेर चिस्यानगृहमा राख्ने र पहिलो पुस्ताको विउ उत्पादन गर्न कृषकहरुलाई उपलब्ध गराउने जनाएको छ ।

यस वर्ष लगाइएको आलुखेतीवाट आगामी वर्षका लागि झण्डै १०० रोपनी क्षेत्रफलका लागि बिऊ उत्पादन हुने छ भने दुई वर्षमा गाउँपालिकाभरी आवश्यक पर्ने बिऊ उत्पादन हुने कृषि शाखा प्रमुख राजु गौतमले जानकारी दिए । उनका अनुसार आगामी पाँच वर्षमा धौलागिरि भरीनै आलुको उन्नत जातको विऊ पुर्‍याउन सकिने भएको छ । जलजला गाउँपालिका तरकारी खेतीका लागि उर्वर मानिन्छ । यहाँका अधिकांस कृषक मौसमी तथा बेमौसमी तरकारी खेतीमा निर्भर रहेका छन् । कृषकहरुलाई अझै व्यावासयिक बनाउँदै गाउँपालिकालाई नै समृद्धि बनाउने उद्धेश्यले आलुको मुल विऊ खेती शुरु गरिएको हो । उक्त आलुको जात पिविएस रहेको छ । प्रगतिशिल ताजा तरकारी तथा विऊ उत्पादक समुहको मातहतमा रहनेगरी खेती शुरु गरिएको गौतमले जानकारी दिए । अहिले लगाईएको बिऊ नयाँ जातको भएपनि अनुसन्धान परिषदले नै सिफारीस गरेकोले उत्पादनमा कुनै समस्या नरहेको उनले बताए ।

राष्ट्रिय आलु विकास कार्यक्रमका प्राविधिक रमेश खतिवडाले भाइरस र रोगमुक्त पुर्व विउ आलु रोपिएको बताए । ‘पुर्व विउ आलु पाँच सय दाना बराबर ७५ केजी उत्पादन हुन्छ,’ उनले भने ‘कृषकले बजारबाट खरिद गरेको विउको गुणस्तर राम्रो नहुँदा रोग भित्रिएको, उत्पादन र गुणस्तर घटेको हो ।’ आलु विउ उत्पादनमा चासो देखाउने देशका सिमित स्थानीय तह मध्येमा जलजला रहेको प्राविधिक खतिवडाले बताए । प्रगतिशिल कृषक समूहका अध्यक्ष बाबुराम रेग्मीले धेरै वर्षदेखि एउटै विउ लगाउँदा उत्पादन र गुणस्तर घटेपछि आफै विउ उत्पादन गर्न गाउँपालिकासँग साझेदारी गरिएको बताए । उत्पादन भएको सबै विउ गाउँपालिकाले खरिद गरिदिने सम्झौता भएकोले विउ आलुलाई बजारको समस्या नहुने भएकाले उत्साही भएको प्रेमप्रसाद भुषालले बताउनुभयो । २४ वर्षदेखि आलु खेति गर्दै आएका नारायणदत्त सापकोटाले धेरै वर्षपछि आलुको विउ परिवर्तन गर्न लागिएको बताए ।