पर्वत/जलजला गाउँपालिकाको १३ औ गाउँसभा वुधवार सम्पन्न भएको छ । लामखेतमा सम्पन्न भएको सभामा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बजेट संसोधन, शिर्षकान्तर, चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन, लेखा समिति र गाउँपालिकाको भवन निर्माणका लागि जग्गाको अध्ययन गर्न कार्यदल गठन गर्ने प्रस्ताव पारित भएको छ । अल्या बजेटबाट जिम्मेवारी सरेका र समपुरक कोषबाट विभिन्न योजना तथा कार्यक्रमका लागि रु.. दुई करोड ४८ लाख बिनियोजन भएको छ । अधुरा योजनालाई पूर्णता दिन र सिर्जना भइसकेको दायित्वको भुक्तानीका लागि बजेट बिनियोजन गरेको अध्यक्ष आचार्यले बताउनुभयो ।
असारको सभाले रु. ४९ करोड ६५ लाख २८ हजार बिनियोजन गरेको थियो । कर्मचारीको तलबमा रु.९५ ड्ड लाख, गाउँपालिकाको अस्थायी संरचना बनाउन रु. ३० लाख, २ र ८ नम्बर वडाको भवनलाई रु.८० लाख, सडक मर्मतमा रु. २० लाख, झोलुङ्गे पुललाई रु. १३ लाख, मल्लाजमा निर्माणाधिन अस्पतालको जग्गा खरिद गर्न रु. १८ लाख, शान्ति आधारभूत शालीजाको जग्गा खरिदमा रु. ४ लाख, विद्याज्योती माविको भवनलाई रु. छ लाख पचास हजार बिनियोजन भएको छ । यसैगरी गाउँसभा सदस्य टकबहादुर पुनको संयोजकत्वमा खिमबहादुर खत्री र बिष्णु पुन सदस्य रहेको लेखा समिति गठन भएको छ । वडा नम्बर ४ का अध्यक्ष भरत जिसीको अध्यक्षतामा बलबहादुर फगामी र टुङ्गनाथ शर्मा सदस्य रहेको जग्गा अध्ययन सम्बन्धी कार्यदल गठन भएको छ । समितिको सिफारिस अनुसार अस्थायी संरचना बनाएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्न रु. तीस लाख बिनियोजन भएको छ । घर, टहरा र खेतीयोग्य जमिनमा असर गर्ने साँध सिमानाको अनावश्यक रुख हटाउने सम्बन्धी प्रस्ताव पारित भएको छ ।
संघीय सरकारसँगको साझेदारीमा छ वटा वडा कार्यालयको भवन निर्माण थालिएको, बेनी–भुरतुला सडक ढलान भैरहेको, विद्यालयमा उपलब्धी मापनका लागि परीक्षा सञ्चालन गरेको, घुम्ति शिविरबाट वडामै सेवा दिएको अध्यक्ष आचार्यले बताउनुभयो । गत असारको गाउँसभाले बिनियोजन गरेको रु. ४८ करोड बजेट रु. २० करोड ६५ लाख २६ हजार ६५३ आम्दानी र रु. १६ करोड १८ लाख ४२ हजार ९७२ अथवा ३२.५९ प्रतिशत बजेट खर्च भएको छ । छ महिनामा रु. ६६ लाख ५२ हजार ७१ आन्तरिक आम्दानी भएको छ । विभिन्न ११ वटा कार्यविधि र मापदण्ड पारित भएको छ । गत पुष २९ गते गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि गित गरिएको थियो। बुधबारको सभामा भने अधिकांश सदस्यहरु सहभागि भएका थिए ।