फागुन २७ देखि मोदीमा राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता हुने

पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आगामी फागुन २७ गते देखि राष्ट्रिय सभाका अध्यक्ष कप प्रतियोगीता कार्यक्रमको आयोजना गर्दैछ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाको गृह पालिका मोदी गाउँपालिकाले अध्यक्ष तिमिल्सीनाको सम्मानका लागि उक्त प्रतियोगीताको आयोजना गर्न लागेको हो ।

विगतका बर्षहरु देखि नै आयोजना हुँदै आएको प्रतियोगीताको अध्यक्ष तिमिल्सीनाले उद्घाटन गर्नेछन् । मोदी गाउँपालिकाको पर्यटकीय गाउँ भुकदेउरालीमा आयोजना गरिएको उक्त प्रतियोगीता तेस्रो पटक आयोजना हुँदैछ । गाउँपालिकाले सम्माननीय पदमा पुगेका तिमिल्सीनाको सम्मान स्वरुप विगतका बर्षहरु देखि नै राष्ट्रिय सभा कप प्रतियोगीताको आयोजना गर्दै आइरहेको छ ।

प्रतियोगीतमा पर्वत जिल्ला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगीता, खुल्ला महिला भलिबल प्रतियोगीता, एकल नृत्य प्रतियोगीता, रतौली प्रतियोगीता लगाएतका प्रतियोगीताहरुको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगीता आगामी फागुन ३० गतेसम्म सञ्चालन हुनेछ ।