Saturday, May 2, 2026

आर्थिक

पर्वत/पोखरा बागलुङ राजमार्ग निर्माणपछि तोकिएको मापदण्ड विपरित बनेका घर टहरालाई मध्यपहाडी लोकमार्गमार्फत हटाइने भएको छ । मध्यपहाडी लोकमार्गलाई बिस्तार गर्ने क्रममा बागलुङ बजारमा पर्ने घर टहरा हटाउने काम शुरु भएको हो । बागलुङ नगरपालिका वडा नं. १ र २ का घर टहरा भत्काएर सडक चौडा पार्न दुवै वडा कार्यालयले...
पर्वत/ मुक्तिनाथ बिकास बैंक लिमिटेडको नयाँ शाखा पर्वतको कुस्मामा सञ्चालनमा आएको छ । मुक्तिनाथ बिकास बैंकको ११४ औ शाखा पर्वतको कुस्मामा बिहीबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बैंकको कुस्मा शाखाको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले उद्घाटन गर्नुभयो । उहाँले बैंकले शहरबजारमा मात्रै नभई ग्रामिण क्षेत्रमा समेत सहज...
चैत्र,८–पर्वत/नयाँ बर्षको अवसर पारेर पर्वतको कुस्मा बजारमा पहिलो पटक सडक खाना महोत्सब आयोजना गरिने भएको छ । पर्वत जेसिजले चैत्र ३० देखि बैषाख २ गते सम्म तीन दिने सडक खाना महोत्सब आयोजना गर्न लागेको हो । आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने तथा लामा र अग्ला पुलले घेरिएको कुस्मालाई नयाँ बर्ष मनाउने...
चैत्र,८–पर्वत/ जिल्लामा भूकम्प पछिको पूननिर्माण अन्तर्गत पहिलो किस्ता लगेर घर नबनाएका ७ जनाले अनुदान रकम फिर्ता गरेका छन् । भूकम्प पूननिर्माण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालयका अनुसार फिर्ता गर्नेमा कुश्मा नगरपालिका ६ जना र फलेवास नगरपालिकाका १ जना रहेका छन् । पहिलो किस्ता लगेर पनि...
चैत्र, ७–पर्वत/बिहादी गाउँपालिकामा कालीगण्डकी लोकमार्गमा सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं २ मा पर्ने खबराको भिरमा बुधबार बिहान सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको हो । सुख्खा पहिरो गएका कारण पर्वतको कुस्मा हुँदै बिहादी जाने र सेतीबेणी हुँदै कुस्मा तर्फ जाने सवारी साधनहरु...
चैत्र, ७–पर्वत/कास्की र चितवनमा यसै साता कुखुरामा वर्डफुलु रोग देखिएपछि धौलागिरीका जिल्लामा भित्रिन नदिन बिशेष सतर्कता अपनाइएको छ । नाकाहरुबाट कुखुरा र कुखुराजन्य पदार्थ आयात हुँदा पशु चिकित्सक र प्रहरीले चेकजाँच गर्न थालेका छन् । डिमुवामा चिकित्सक र प्रहरीको एक यूनिट चौबिसै घण्टा खटिएको छ । पर्वत, बागलुङ, म्याग्दी र...
फागुन १९- पर्वत/भोली अर्थात २०७५ साल फागुन २० गते देशभरी सार्वजनिक विदा घोषणा गरिएको छ । उक्त दिन हिन्दुहरुको महान् पर्व महाशिवरात्री परेकाले देशभरी नै सार्वजनिक विदा दिइएको हो । यो राजपत्रमा प्रकाशित विदा अन्र्तगत कै छ । महाशिवरात्रीको अत्यन्तै ठूलो महत्व छ । शिव तिनै हुन् जस्ले विष पिएर...
यामबहादुर मल्ल (रामकृष्ण) विकासको अहिलेको आधारभुत आवश्यकता गाउँगाउँमा स्तरीय सडक, घरघरमा स्वच्छ खानेपानी, ब्यवस्थित रुपमा बिद्युतिकरण, गाउँमै स्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने हो । ती सबै आधारभुत आवश्यकता पुरा गर्नका निम्ति स्थानीय तहसँग प्रयाप्त बजेट छैन । केन्द्र र प्रदेशले आवश्यक बजेट नपठाएपछि स्थानीय स्रोतसाधनलाई...
पर्वत, फागुन १३–जलजला गाउँपालिकाको सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले कालीगण्डकी नदीबाट बस्ती संरक्षण र चेकड्याम निर्माणका क्रममा एक्साभेटरमाथि ढुंगामुढा गर्नेमाथि कारबाही गर्न माग गरेको छ । गत बुधबार महेन्द्र रेग्मीसहितका केही ब्यक्तिले ढुंगामुढा गरेपछि अपरेटर चालक कुमार श्रेष्ठ बेपत्ता छन् । गाउँपालिकाले यही फागुन ६ गतेको कार्यपालिकाको निर्णय नम्बर १५...
पर्वत, फागुन ११–पर्वतको जलजला गाउँपालिकाको बगरफाँटदेखि दमुवाखोला र कुश्मा नगरपालिकाको राजाको बगरदेखि मालढुंगा हुँदै नयाँ पुल कालीगण्डकी नदीबाट बढी जोखिमका क्षेत्र हुन । बर्षाको समयमा नदीले यहाँका ती ठाउँहरुमा बढी असर पु¥याइरहेको हुन्छ । जोखिमयुक्तक्षेत्रका बस्ती र नदीबाट हुने क्षतिलाई कम गर्न जलजला गाउँपालिकाले चेकड्याम र बस्ती संरक्षण अभियान...