चैत्र, ७–पर्वत/कास्की र चितवनमा यसै साता कुखुरामा वर्डफुलु रोग देखिएपछि धौलागिरीका जिल्लामा भित्रिन नदिन बिशेष सतर्कता अपनाइएको छ । नाकाहरुबाट कुखुरा र कुखुराजन्य पदार्थ आयात हुँदा पशु चिकित्सक र प्रहरीले चेकजाँच गर्न थालेका छन् ।
डिमुवामा चिकित्सक र प्रहरीको एक यूनिट चौबिसै घण्टा खटिएको छ । पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा मोदी गाउँपालिकाको नाका डिमुवाबाट रोग ग्रस्त कुखुरा भित्रिन नदिन टोली खटिएको भेटनरी अस्पताल बागलुङका पशु चिकित्सक विमल शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले अवैध कुखुरा भित्रिने आशंकाले सबै सवारीसाधानहरुमा नियमित चेकजाँच गर्न थालिएको छ ।
यसैबिच आज अवैध कुखुरा र कुखुराका चल्ला नियन्त्रणमा लिइएको छ । म्याग्दी र मुस्ताङ ल्याउने क्रममा डिमुवामा कुखुरा र चल्ला वरामद गरिएको हो । डिमुवा नाकामा चेकजाँचका क्रममा भेटनरी जाँच नभएको र विल भर्पाई बिना ओसारपोसार गरिरहेको पाईएपछि आज लेयर्स कुखुरा ६८० वटा, वोईलर कुखुराका चल्ला ४५० वटा र तयारी मासु १० किलो समेत नियन्त्रणमा लिइएको छ ।
प्रहरीले नियन्त्रणमा लिईएका कुखुरा र मासु चितवन र काठमाण्डौबाट ल्याइएका कारण उतै पठाएको छ ।






