Saturday, May 2, 2026

आर्थिक

फागुन, ४– पर्वत/जलजला गाउँपालिका वडा नं ५ लेकफाँट स्थित गिद्घेश्वर शिबालयमा संचालित महायज्ञको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले  उदघाटन गर्नुभयो । महायज्ञको उदघाटन गर्दै अध्यक्ष मल्लले यज्ञ र धर्मको माध्यमबाट देश र दुनियामा विकासका ठूला-ठूला भौतिक संरचनाहरू निर्माण भएकोले हिन्दु धर्ममा ठूलो शक्ति...
माघ,२९–पर्वत/स्वरोजगारमूलक संचारमाध्यमहरुलाई अप्ठ्यारोमा पारेको भन्दै देशभरका हजारौं पत्रकारहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् ।  आफूहरुले स्वतन्त्र रुपमा चलाइरहेका संचारमाध्यमहरुलाई सरकारले गम्भीर अप्ठ्यारोमा पार्ने गरी निर्णय लिएको र कार्यान्वयनका लागि बाध्यकारी बनाउने कोशिस गरेको भन्दै त्यसको प्रतिवादमा उत्रदै उनीहरु आन्दोलित भएका हुन् । यही माघ १८ गते सूचना तथा संचार प्रविधि...
माघ,२७–पर्वत/जिल्लाका सामूदायिक बनमा पहिलो पटक व्यवसायिक जडिबुटी खेती गरिने भएको छ । डिभिजन बन कार्यालयले जिल्लाका एक दर्जन सामूदायिक बनमा जडिबुटी खेती गर्ने योजना बनाएको हो । जडिबुटि बनमा खेर गैरहेको बेला बन कार्यालयले व्यवसायिक खेती गर्ने योजना बनाएपछि बनका उपभोक्ता हौसिएका छन् । डिभिजन बन कार्यालयका प्रमुख दधिलाल कँडेलले...
माघ,२७–पर्वत/बजेट अभावका कारण पर्वतको एक सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ । फलेवास नगरपालिका–४ मुडिकुवास्थित माटेदेवल व्यावसायिक तथा प्राविधिक माध्यमिक विद्यालयको भवन बजेट अभावका कारण विगत चार वर्षदेखि अलपत्र परेको हो । एक वर्ष्भित्रै सम्पन्न गर्नेगरी २०७१ मा निर्माण शुरु गरिएको सो विद्यालयको भवन अझैसम्म बन्न सकेको छैन ।...
माघ,२७–पर्वत/गायत्री आमा समूहले पर्वतको कुश्मामा आश्रम निर्माणर्थ आयोजना गरेको महायज्ञको आयव्यय बिबरण सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा समूहले आयव्यय बिबरण सार्वजनिक गरेको हो । समूहका कोषाध्यक्ष पुष्पा पौडेलले आयव्यय सार्वजनिक गर्दै विभिन्न दानदाताबाट ४० लाख ७० हजार रुपैयाँ रकम संकलन भएको जानकारी दिनुभयो । आयोजकले मुल आयोजक, आयोजक,...
माघ,२२–पर्वत/जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि, उद्यम र आर्थिक विकासमा सहयोग पु¥याउनुपर्ने...
माघ,२२–पर्वत/कुस्मा नगरपालिका ९ कटुवाचौपारीका ३ टुहुरा बालकहरुले जग्गा पाएका छन् । बाबुको मृत्यु र आमा अन्यत्रै बिहे गरेर गएपछि अलपत्र बनेका उनीहरुलाई बास बस्ने घर बनाउन जग्गा प्रद्यान गरिएको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा पूर्व जिविस उपसभापति रामशर्मा पौडेलले ५ आना जग्गाको लालपूर्जा प्रदान गरेका हुन् ।...
माघ, १२–पर्वत/मालपोतमा अनलाइन प्रणाली लागू भएपछि काम छिटो छरितो हुनपर्नेमा झनै झन्झटिलो बनेको छ । दैनिक ५० देखि ६० जना सेवाग्राहीलाई सेवा दिँदै आएकोमा मालपोत कर्मचारीले भोलिपल्टलाई सार्न थालेका छन् । मालपोतमा आउने सेवाग्राहीका स्रेस्ताको अभिलेख राख्न, देशभरका कार्यालयको कारोबार देखाउन र घरजग्गाको रेकर्ड सहज बनाउने उद्देश्यले गत वर्षदेखि अनलाइन...
माघ, १२–पर्वत/ पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने तल्लो क्षेत्रमा पनि जनजीवन प्रभावित बनेको छ शुक्रवार साँझदेखि जिल्लाको जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयले...
माघ–९,पर्वत/ देशभरका उच्च पहाडी जिल्लाहरुमा बर्षा भएको छ । मंगरबार विहानै देखि मौसममा आएको परिर्वतनले देशभरको जनजीवन प्रभावित बनेको थियो । उपत्याका लगायतका देशका हिमाली, उच्च पहाडी, पहाडी जिल्लामा बर्षासँगै चिसो बढेको छ । बर्षासँगै कृषक हर्षित बनेका छन् । हिउँदे खेतीको लागि बर्षा आवश्यक रहेको र थोरै मात्रमा परेको पानी...